आइतबार, ०७ सेप्टेम्बर २०२५

विवाह बन्धनमा बाँधिए निता र हरिहर

News Image
• • •

अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्।

चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन्।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए।

दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका थिए। जसमा अभिनेत्री रेखा थापालगायत सहभागी थिए। निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन्।

शुक्रबार, असार २४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!