एक्शपर्ट एजुकेशनले गर्‍यो मानवसेवा आश्रमलाई २५ हजार सहयोग (भिडियोसहित)

‘एक्शपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस सेन्टर’ कर्पोरेट अफिस मैतीदेवीले मानवसेवा आश्रमलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ। 

सोमबार संस्थाको १९ औँ वार्षिकोत्सवको अवसरमा आश्रमलाई सम्मानसहित रकम सहयोग गरेको हो। 

त्यसैगरी संंस्थाले आश्रमका ३० जना महिलासहित तीन जना बालबालिका लाई खाँदा र टोेपी लगाएर सम्मान गरेको हो। 

सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको ‘एक्शपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस सेन्टरको हाल १५ देशमा ५० भन्दा बढी कार्यालय छन्। 

सन २००९ देखि नेपालमा सञ्चालनमा आएको उक्त संस्था एजुकेशन सेन्टर मात्र नभई सहयोगी संस्था समेत भएको संस्थाका वरिष्ठ सदस्य देवीप्रसाद लम्साल बताउँछन्। 

‘हाम्रो सेन्टरले नेपालमा भएका विभिन्न प्रकृतिक प्रकोपको समयमा  सहयोग गरेको छ।’ उनले भने ‘ हामीले धेरै पटक प्राकृतिक विपतिको समयमा सहयोग गरेका छौँ।  २०७२ को भूकम्पको समयमा नुवाकोटमा ७ लाख, सिन्धुपाल्चोककाे सिलाङ माविमा १० लाख, तराईमा बाढी आएको बेलामा ५  लाख र अष्टेलियामा आगलागी हुँदा १० हजार डलर र अन्य धेरै सहयोग गरेका छौँ।’

आश्रममा सहयोग गर्न पाउँदा आफूलाई खुसी लगेको उनले बताए। 

‘आज संस्थाको वार्षिकोत्सवको अवसरमा सहयोग गर्न पाएकोमा हामी खुसी भएका छौँ’ उनले भने, ‘हामी सदैव तपाईहरुको सहयोगको लागी तयार रहने छौँ। यो हाम्रो लागी खुसीको कुरा रहेको छ,’ उनले भने।  

‘एक्शपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस सेन्टर’  विदेश पढ्न जान चाहाने विद्यार्थीका लागी शैक्षिक परामर्श प्रदान गर्ने संस्था हो।

 


 

प्रकाशित मिति: : 2022-08-08 22:18:00

प्रतिकृया दिनुहोस्