
ध्रुब बस्याल
स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधि सभाका ९ उम्मेदवार घोषणा गरेको छ।
बिहीबार सुमन सायमीको नेतृत्वमा ललितपुरमा गरिएकाे कार्यक्रममा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरेकाे हाे।
उम्मेदवारहरु घोषणा हुनेहरूमा काठमाडौं–५ बाट मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ बाट विद्या श्रेष्ठ रहेका छन्।
त्यस्तै भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारिएकाे छ।
देशकाे परिर्वतनका लागि स्वतन्त्र उम्मेदवारहरूकाे आवश्यक पर्ने बताउँदै साे अभियान सुरू गरेकाे लौरो अभियानका अध्यक्ष सुमन सायामीले जानकारी दिए।
देशमा 'बा' हरु मात्र राजनितिमा आएकाले अब परिर्वतनका लागि युवाहरु एकजुट हुनुपर्ने उनकाे भनाइ थियाे।
'जबरजस्ती भाेट हाल्ने हैन, उम्मेदवारकाे बारेमा सके प्रत्यक्ष नसके गुगलमा सर्च गरेर निपक्ष रुपमा भोट हाल्नु होला' भाेट हाल्ने मतदातालाई उनी भन्छन्, 'राम्राेलाई चुनेर जिताउनु हाेला।'
व्यत्तिगत स्वार्थ भन्दा माथि उठेर मंसिर–४ गतेदेखि परिर्वतनकाे सुरूवात गर्ने उनले बताए। त्यसैगरी उनले स्वतन्त्र उम्मेदवारहरुलाई लौरो अभियानमा जोडिन आग्रह समेत गरेका थिए।
'अब देशलाइ परिर्वतन चाहिएको छ वैकल्पिक शक्त्तिका लागि सबै स्वतन्त्र मिलौँ परिर्वतन गरौँ' उनले भने।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया