शुक्रबार, १९ सेप्टेम्बर २०२५

स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा २ जना पक्राउ

News Image
• • •

स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर घर भई पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ घर भइ पोखरा १७ बस्ने निरा रानाभाट रहेका प्रहरीले जनाएको छ।

रानाभाटले तनहुँको भानु–२ कि मञ्जु पाण्डेको  सट्टामा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई पठाएको प्रहरीको आरोप छ।

उनीहरू दुवै जनालाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन सम्बन्धी कसुरमा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार, भाद्र २४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)