बिएल संवाददाता
फोक्सुन्डो पदमार्गको सम्दुवाबाट देब्रेपट्टि ४.३ कि.मि दुरी हिंडेर पुग्मो गाउँ पुगिन्छ। शे-फोक्सुन्डो गाउँपालिका- ९ मा अवस्थित गाउँमा ५० घरधुरी छन्। काठ, ढुङ्गा र माटोबाट बनेका घरहरू।
गाउँमा भोटे समुदायको बसोबास छ। उनीहरू खेतीपाती र पशुपालनमा निर्भर छन्। चौरी, भेडा र बाख्रा पाल्छन्। आलु, फापर, गहुँजस्ता खाद्यान्न र तरकारी उत्पादन गर्छन्।
गोरेटामा चैत्यहरू बस्ती छेउमा गुम्बा, पुग्मो (३,२०० मिटर) का हरेक घरको छतमा बोन झन्डा फर्फराइरहेक हुन्छन्। गाउँ नै बोन धर्म मान्छन्। त्यहाँ नामयाल लाखाङ गुम्बा छ पन्ध्रौं शताब्दीमा टेलोन ठेवाड इन्टिमले बनाएको गुम्बा। गुम्बामा व नामपार ग्याल्वा, त्रिकाल बुद्धका मूर्तिहरू माग सिंग्यात्मक मूर्तिका साथै पुराना थानक र ठूलो माने पनि छ।
पुग्मोमा एउटा होटल छ, त्यों हो कंजीरूवा। गाउँबाट कागमारा बेस क्याम्प पुग्न ५ घन्टा लाग्छ। कागमारा भन्ज्याङ छिचोलेर जुम्ला निस्कने पदयात्रीहरू पुग्मो गाउँमा एक रात बस्छन्।
गाउँभन्दा माथि कान्जिरोवा हिमालको फेदीमा चार वटा ताल छन्। छो-ङोन्पो (नीलो ताल), छो-कारपो (सेतो ताल), छो नाक्पो (कालो ताल), छो लुगाल|
गाउँबाट ३ घण्टा दुरीका कुनासा र खरक छोड़ पाटनमा बर्सेनि किरा (यार्चागुम्बा) टिप्नेहरूको मेला लाग्छ। कुनासामा भदौ पूर्णिमामा ठूलो मेला लाग्छ, त्यहाँ लामाछुमिक तीर्थस्थल छ। त्यहाँ बोन लामाहरू गुप्त बास बस्ने धेरै गुफाहरु पनि छन्।



– रामचन्द्र बस्नेत (भास्कर)
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया