आइतबार, ०७ सेप्टेम्बर २०२५

सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

manutdnews via agency
• • •

म्यानचेस्टर युनाइटेडसँग १-० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन।

बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो। उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए।

हारसँगै सोसिडाड समूह ‘इ’बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गर्याे। उसको ६ खेलबाट १५ अंक रह्यो। समान खेलबाट समान अंक रहे पनि गोल अन्तरमा पछि पर्दै युनाइटेड दोस्रो स्थानमा रह्यो।

अब युनाइटेडले फेब्रुअरीमा प्लेअफ खेल्नेछ। यस्तै, समूहबाट सेरिफ र ओमोनिया बाहिरिएका छन्।

शुक्रबार, कार्तिक १८, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)