बुधबार, १३ अगस्ट २०२५

अर्जेन्टिना र साउदी भिड्दै, आज चार खेल हुँदै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
file Photo
• • •

कतार फिफा विश्वकपअन्तर्गत मंगलबार चार खेलहरु आयोजना हुँदैछन्।

पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार दिउसो पौने चार बजे सुरु हुनेछ।

स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना सुखद् सुरुवात गर्ने तयारीमा छ। मेसीले यो प्रतियोगितामा नै आफ्नो अन्तिम विश्वकप भएको बताएका छन्। अर्जेन्टिनालाई मेसी सहित, लौटारो मार्टिनेज, डि मारिया,पाउलो डिबला जस्ता खेलाडीको साथ छ।

साझ पौने सात बजे हुने खेलमा डेनमार्क र ट्युनिसिया खेल्नेछन्। यसैगरी राति पौने दश बजे मेक्सिको र पोल्यान्डबीच भिडन्त हुनेछ । पौने एक बजे फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने तालिका छ ।

समूह सी को अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन्। चारै देशको कतार विश्वकपमा पहिलो खेल हो। यता, समूह डी मा समेत फ्रान्स र अस्ट्रेलिया तथा डेनमार्क र ट्युनिसियाको पहिलो खेल रहेको छ।

सोमबार भएको खेलमा इङ्ग्ल्यान्ड र नेदरल्यान्डले जित निकाल्दा वेल्स र अमेरिकाले अंक बाढेका थिए। 

मंगलबार, मंसिर ०६, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)