नारायणगोपालको मृत्युमा आशा भोसलेले भनेकी थिइन्, ‘उनको अपना ही जन्मभूमि प्यारी थी’

रातोपाटी

काठमाडाैँ

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य र भारतीय गायिका आशा भोसलेको युगल गायनमा एउटा लोकप्रिय गीत छ, ‘पहाडको माथिमाथि’ बोलको । कुसुम गजमेर र तुलसी घिमिरेले लेखेको यस गीतको व्यञ्जना बेजोड लाग्छ ।

प्रेमीले प्रेमिकालाई पहाडको माथिमाथि उडिहिँड्ने बादलको उपमा दिएका छन् । प्रेमीको भनाइमा प्रेमिकाले नाइँनास्ती व्यक्त गर्छिन् र अभिधा र व्यञ्जना दुवै अर्थमा गाउँछिन्, ‘बादल हो त्यो बादल हो’ । 

जब आशाले रनजित गजमेरबाट नारायणगोपालको मृत्युको खबर सुनिन्, उनी अत्यन्तै दुःखी भइन् । उनले नारायणगोपाल सँगै गाएको गीतको एउटा पंक्ति सम्झिइन्, ‘बादल हो त्यो बादल हो’ । 

प्रकाशित मिति: : 2022-12-07 10:05:00

प्रतिकृया दिनुहोस्