बुधबार, १३ अगस्ट २०२५

उकालो लाग्यो सुनको मुल्य, तोलाको लाख नाघ्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६०० ले बढेर एक लाख ३०० रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार २०० थियो।

यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा आज प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

शुक्रबार, मंसिर २३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!