आइतबार, ०७ सेप्टेम्बर २०२५

अवतार हेर्दा हृदयघातका कारण निधन 

News Image
• • •

हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्ने एक दर्शकको हृदयघातका कारण निधन भएको छ। फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको निधन भएको हो।

चिकित्सकका अनुसार उनी उच्च रक्तचापबाट पनि पीडित थिइन्। चिकित्सकले फिल्म हेरिरहँदा उनमा अति उत्साह भएपछि हृदयघात भएको थियो।

लक्ष्मी आफ्नो भाइका साथ फिल्म हेर्न गएकी थिइन्। फिल्म हेरिरहँदा उनी थिएटरको कुर्सीबाट लडेपछि तुरुन्तै अस्पताल पु¥याइएको थियो। जहाँ चिकित्सकले उनको निधनको घोषणा गरेको थियो।

उनी विवाहित थिइन् र एक छोरा र छोरी थिए। सन् २००९ मा पनि ताइवानमा एक ४२ वर्षे व्यक्तिको ‘अवतार’ हेरिरहँदा हृदयघातका कारण निधन भएको थियो।

आइतबार, पौष ०३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)