
बिएल संवाददाता
झापाका विभिन्न स्थानबाट २२ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको बिर्तामोडबाट ८ जना, दमकबाट ११ जना काँकरभिट्टाबाट २ जना र चारआलीबाट १ जनालाई नियन्त्रणमा लिएको डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
उनीहरुलाई जबरजस्ती बन्द गर्ने, सवारी साधनको चावी खोस्ने र तोडफोड गरेको भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ।
बिर्तामोडबाट कुमार साम्यु लिम्बु, सामी पालुङ्वा लिम्बु, गौरीमान राई, बिनोद न्यौपाने, राज खम्बु, ढेङमानहाङ लिम्बु, मित्र लिङ्देन र निर्मला लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको संघीय लिम्बुवान पार्टी नेपालका कोषाध्यक्ष एलबी पालुङ्वाले बताएका छन्।
कोशी प्रदेश खारेजीको माग गर्दै ६ वटा राजनीतिक दल र ३३ वटा जातीय संघ/संगठनले आज कोशी प्रदेश बन्दको आव्हान गरेका छन्। गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु विरोधमा उत्रिएका हुन्।
फागुन २८ गते आज बन्दको घोषणा गरेका दलले चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा जनप्रर्दशन गर्ने घोषणा समेत गरेका हुन्।
कोशी प्रदेशको नाम कौशिक वाहुनको नाममा रहेको कोशी नदीबाट भएकाले त्यसलाई खारेज गर्दै ऐतिहासिक पहिचानको आधारमा प्रदेश १ को नाम पुन: नामाङ्कन गरिनु पर्ने माग अघि सारेका छन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया