सिसायुक्त पदार्थ र जनस्वास्थ्यमा असर

राजधानी दैनिक

डा. प्रकाश बुढाथोकी

विश्वव्यापी अध्ययनमा एक महिलाले आफ्नो जीवनकालमा झन्डै दुई किलो लिपिस्टिक खपत गर्ने गरेको सन् २०२१ को तथ्यांक छ । जानकारहरूले नेपाली महिलाले हैसियतअनुसार मासिक ४ सयदेखि ३० हजारसम्म सौन्दर्य सामग्रीमा खर्च गर्छन् । धेरथोर पुरूषहरू पनि कम छैनन् । कस्मेटिक्समा रहने विषाक्तहरूले प्रजनन क्षमतादेखि क्यान्सर र मृत्युसम्म निम्त्याइरहेका छन् । विश्वमा लिडका कारण हरेक वर्ष ६ लाख बालबालिका अपांग हुन्छन्, तीमध्ये १ लाख ४३ हजारको मृत्यु हुन्छ । लिडको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्याहरूले बर्सेनि ८ लाख मानिसको मृत्यृ हुनेगर्छ । खोजमा धनी र सम्पन्न परिवारको तुलनामा गरिब परिवारको बच्चामा साढे तीनगुणा बढी र घरभित्रभन्दा बाहिर खेल्ने बच्चामा साढे चारगुणा बढी लिडको एक्सपोजर हुने गर्छ । विश्व स्वास्थ्य संगठनले सिसालाई विश्वव्यापी रूपमा जनस्वास्थ्यलाई असर पु¥याउने प्रमुख १० रसायनमध्ये एक घातक रसायन मानेको छ ।

सिसायुक्त पदार्थका कारण विश्वमा हरेक वर्ष ६ लाख बालबालिका अपांग हुन्छन्

पेन्टर, उद्योगमा र भवन जीर्णाेद्धारमा संलग्न कामदारहरूका साथै कस्मेटिक प्रयोगकर्तामा जोखिमता छ । लिडबाट सबैभन्दा बढी संवेदनशील बच्चाहरू र गर्भवती महिला हुन्छन् । रगतमा लिडको थोरै मात्राले पनि बच्चाको बौद्धिक विकास, शारीरिक बृद्धि, चालचलन, व्यवहार, सुन्ने तथा हेर्ने क्षमतामा नकारात्मक असर गर्छ । सालनाललाई पार गरेर भ्रूणलाई पनि असर गर्छ । लिडको सम्पर्कमा आइरहने गर्भवती महिलामा गर्भपतन हुने, बच्चा जन्माउने क्षमतामा कमी र बाझोपना ल्याउँछ ।

प्रकाशित मिति: : 2023-03-14 05:56:00

प्रतिकृया दिनुहोस्