
बिएल संवाददाता
जनसांस्कृतिक प्रतिष्ठान, नेपालको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा दुई हप्ते नेपाली मौलिक लोक बाजा प्रशिक्षण सम्पन्न भएको छ।
प्रशिक्षणमा बाँसुरी, सनाई, खैजडी, मादल, तुङ्ना, खिँ, ढोलक, धिमेलगायत १० बाजामा नयाँ पुस्तादेखि ज्येष्ठ नागरिकसम्मलाई प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा अशोक राई, भरत नेपाली, भरत बुढाथोकी, नरेश प्रजापति, गोपालदेव धतानी, छेवाङ तेन्जिङ लामा, र धनबहादुर गुरुङले प्रशिक्षण दिएका थिए।
उक्त प्रशिक्षणको समापन कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य खगेन्द्र राई, प्रतिष्ठानका अध्यक्ष प्रेमनाथ अधिकारी र महानगरपालिकाको वडा नं. २८ का अध्यक्ष भाइराम खड्गी (प्रकाश)ले संयुक्तरुपमा प्रमाणपत्र वितरण गरे।
अध्यक्ष अधिकारीले लोप हुन लागेका मौलिक बाजाको संरक्षण र जगेर्नाका लागि यस्ता कार्यक्रम नियमितरुपमा सञ्चालन गर्ने बताए।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया