                                ध्रुब बस्याल
 
                                आइतबार बिहान देशकै ठुलो तरकारी बजार ‘कालिमाटी’मा गोलभेँडा सडकमा फालियो। पाकेर रातै भएको गोलभेँडा बिक्री हुन नसकेपछि करिब ६ हजार क्यारेट गोलभेँडा सडकमै फालिएको बताइएको छ। यद्यपि, एकिनका साथ कति गोलभेँडा सडकमा फालिएको भन्ने तथ्य कसैसँग छैन।
प्रतिकेजी ६ देखि ८ रुपैयाँमा बिक्री नभएपछि गोलभेँडा सडकमा फालेर बिरोध जनाएको कृषक बताउँछन्। भक्तपुर झमखेलका कृषक पुरणबहादुर रोकायले सिजनको बेला गोलभेँडाले बजार नपाएकाले गोलभेँडा फालेर आन्दोलन गरेको बताए। आफ्नो समस्या सरकारले नदेखेपछि पीडा देखाउन गोलभेँडा फालिएको उनको भनाइ छ।
स्वश्री कृषि फर्मका संचालकसमेत रहेका रोकायले विगत ५ वर्षदेखि भाडामा जमिन लिएर कृषि खेति गरिरहेको बताए। रोकायकाअनुसार अहिले एक क्यारेड टमाटर १०० रुपैयाँमा पनि बिक्री हुन सकेको छैन। सरकारले भारतलगायत अन्य देशबाट तरकारी लिने भएकाले स्वदेशी उत्पादन बिक्री नभएको रोकायको गुनासो छ।
 ‘हामी किसान वर्षौँदेखि यही पेसामा छौँ। तर, सरकारले हामी किसानलाई कहिल्यै देखेन। सरकारले नदेखेपछि सरकारलाई देखाउने अन्तिम विकल्प सडकमा फाल्ने भएकाले सरकारलाई देखाउन टमाटर फालेका हौँ,’ रोकाएले मलिन हुँदै भने, ‘हामीले ६ रुपैयाँ प्रतिकेजी बिक्री गर्छौँ आममानिसहरुले कम्तिमा १२ रुपैयाँभन्दा धेरै तिर्नु नपरोस् हाम्रो अपेक्षा हो तर भारतलगायत अन्य देशको ४० देखि ५० तिर्न तयार छन्।’ उनले भारतलगायत अन्य देशको तरकारी गोलभेँडा लिँदा कमिसन पाइने भएकाले पनि नेपाली कृषकको गोलभेँडा व्यापारीले किन्न नमान्ने गरेको गुनासो गरे।

कालीमाटी थोक तथा खुद्रा बजारमा बिहान भएको आन्दोलनमा ५ देखि ६ हजार क्यारेड गोलभेँडा फ्याकेर प्रदर्शन गरेको कृषक जीवन सार्की बताउँछन्। वर्षमा दुई लाख जग्गा भाडा तिरेर तरकारी खेती गरिरहेका जीवनले बजार अभाव र उचित मूल्य नपाएकाले खान बस्नसमेत गाह्रो भइरहेको दुखेसो पाेखे। ‘अहिलेसम्म हामी किसानले बजार र उचित मूल्य पाएका छैनौँ। जग्गा भाडामा लिएर गोलभेँडालगायत तरकारी खेती गर्ने गरेको छु। जग्गाको भाडा वर्षमा दुई लाख तिर्नु पर्छ। उत्पादन गरेको वस्तुले बजार नपाउँदा खान बस्न र जग्गा भाडा तिर्न धौ-धौ भइरहेको छ,’ उनले भने,‘मेहनत अनुसारको फल नै मिल्दैन। भारतबाट लिएर हाम्रो उत्पादनलाई बेवास्था गरिन्छ। हाम्रो पीडा कसैले नसुनेकाले गोलभेँडा फ्याकेका हौँ।’
 तर, वास्तविक किसानहरुले यति धेरै गोलभेँडा लिएर बजारमा नआउने भएकाले आज सडकमा फालिएको गोलभेँडा किसानले नै फ्याका हुन् भन्नेमा केही शंका गर्छन्। कालिमाटी बजारका एक व्यापारीले बिचौलियाहरुले मूल्य बढाउनका लागि यस्तो गरिएको हुन सक्ने दाबी गरे।

कालीमाटी थोक तथा खुद्रा बजारका सूचना अधिकारी विजय श्रेष्ठले उत्पादन धेरै र खपत कम भएकाले किसानको गोलभेँडा बिक्री नभएको बताउँछन्। उनले कृषकले मूल्य कम भएको भन्दै गोलभेँडा फालेको बताए। उनले कसले गोलभेँडा फालेको भन्ने एकिनका साथ भन्न सकेनन्। ‘खपतको स्तिथि कमजोर र आपूर्तिको स्तिथि प्रवाल भएकाले मूल्य अचेल एक हप्तायता निकै कम भएको छ। त्यहीँ पीडा देआउन व्यापारी किसानले सडकमा गोलभेँडा फालेर आन्दोलन गरेका हुन्,’ श्रेष्ठले भने,‘हामीले ठ्यक्क चिन्ने कुरा हुँदैन। यहाँको व्यापारीले फालेको भए चिन्ने थियौँ। आपूर्ति गर्ने किसानहरुले फाल्नुभएको होला।’
कालिमाटी तरकारी बजारमा बिक्ने कैयौँ तरकारीमध्ये स्वदेशी गोलभेँडाको मूल्य भने सबैभन्दा कम छ। कालिमाटी बजारमा अहिले दुई प्रकारको गोलभेँडा बिक्री हुने गरेको छ। जुन नेपाली उत्पादन सानो गोलभेँडा हो भने भारतीय गोलभेँडा ठुलो गोलभेँडा हो।
 उपत्यकाका पसलमा भने मूल्य मनोमानी छ। कालिमाटी तरकारी बजारमा गोलभेँडाको प्रतिकेजी मूल्य ८ देखि १० रुपैयाँ भए पनि अन्य ठाउँमा भने आ–आफनो मूल्य रहेको देखिन्छ। नयाँ बानेश्वरमा प्रतिकेजि ४५ छ भने भक्तपुरमा २५ छ, त्यस्तै सानेपामा ३५ रुपैयाँ प्रतिकेजी गोलभेँडाको मूल्य छ।

भारतबाट ल्याएको गोलभेँडाको मूल्य अहिले पनि ४५ रुपैयाँ नै कायम छ।
भिडियाे :
 
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया