बिएल संवाददाता
कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन्।
अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ।
चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए। बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने,घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ। ‘गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ’ उनले भने। नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको मतले बताए।
अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा टङ्कप्रसाद आचार्यले जानकारी दिए। ‘शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौँ, उनले भने,‘उपचार गर्न आउने दुई सय छ जना १५ वर्षमुनिका छन्।’ सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा. आचार्यले बताए।
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया