भाष्कर बस्नेत
डोल्पाको जगदुल्ला तालको दर्शन गर्न जिल्लाका स्थानीय तीर्थालुहरु खाली खुट्टा पुगेका छन्।
एक पवित्र तीर्थस्थल एवं धार्मिक गन्तव्य मानिने जगदुल्ला तालमा साउने पूर्णिमा मनाउन स्थानीय तीर्थालु खाली खुट्टा त्यहाँ पुगेका हुन्।
जगदुल्ला गाउँपालिकालगायत त्रिपुरासुन्दरी नगरपलिकाका स्थानीयहरु ४ दिनको पदयात्रामा तालमा पुगेका हुन्।
जगदुल्लाको तुङतुङ पाटन पुगेर उनीहरू करिब ६ घण्टा नाँगै खुट्टा हिँडेका छन्।
तीर्थ यात्रामा ६० देखि ७० वर्षका तीर्थालुहरुको समेत सहभागी भएका थिए। तालमा पुगेर उनीहरूले ताललाई पवित्र बनाउन भन्दै होम गरेका थिए।
डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकामा अवस्थित जगदुल्ला ताल ४७०० मिटरको उचाइमा छ। यो ताललाई जगदुल्ला वा साचोलिंग भनिन्छ। गङ्चेन मेरी राल्वा हिमालको काखमा रहेको छ, जगदुल्ला।
त्यहाँ चार मण्डला थाङ (मण्डलाचौर) छन्। सृष्टिदेखि अहिलेसम्म पग्लिएका चारवटा ठूला हिमालहरू छन्। त्यहाँ चारवटा ठूला तालहरू छन्, जसले धेरै लामाको भक्ति र प्रार्थनाले हरेक रोगलाई निको पार्छ भन्ने जनविश्वास रहेको छ। त्यहाँ चार तीर्थस्थलहरू पनि छन्।
यो स्थान नौ लाख नौ हजार देवीदेउताहरुबाट धेरै वरदान प्राप्त भएको सबैभन्दा ठूलो तीर्थस्थल रहेकाे जनविश्वास छ। नजिकै पवित्र दूध पोखरीसमेत रहेको विश्वास गरिन्छ।
पौराणिक मान्यताअनुसार जसले त्यो पोखरीको पानी पिउँछ, उनको शक्ति बढ्छ, स्वस्थ्य निरोगी र सुन्दर हुन्छ भन्ने छ। निसन्तान दम्पतीले सन्तान प्राप्त गर्न सक्छ भन्ने जनविश्वास रहेकाे पनि पाइन्छ।
पूर्वजकालमा यो ताललाई दूध कुण्ड भन्ने गरिन्थ्यो। पछि यसलाई राक्षस दह भन्न थालियो। पछिल्लो समय हृदय चिन्हको आकारको कारण यसलाई प्रेम ताल भन्न थालियो।
जगदुल्ल तालमा पुगेर हातमुख धोइयो भने पाप पखालिन्छ वा शरीर पावन भएर नागबाट आशीर्वाद प्राप्त हुन्छ भन्ने आममानिसमा विश्वास रहेकाे छ।
मानिसहरूमा तीर्थालुहरु मनोकांक्षा पूरा होस् भनेर नागको प्रार्थना र कामना गर्दछन्। तालबाट बग्ने पानी स्वच्छ भएकाे र निरोगी बनाउँछ भन्ने विश्वास गरिन्छ। पौराणिक कथाअनुसार यो ठाउँलाई आश्रयस्थलको रुपमा पनि लिइएको पाइन्छ।
मानिसहरूले ताललाई पछ्याउने र विश्वास गर्ने विभिन्न प्रकारका मिथकहरू छन्। पर्वत कैलाश मानसरोवर र जगदुल्ला ताल एउटै हुन् र दुईबीच कुनै भिन्नता छैन भन्ने पनि विश्वास गरिन्छ।
(डोल्पा निवासी लेखक भाष्कर साइकलयात्री तथा युवा पर्यटन अभियान्ता हुन्।)


















यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया