
बिएल संवाददाता
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एक गाउँस्थित एक घरमा बुधबार ‘रकेट लञ्चर’ मा प्रयोग हुने बादी गोला विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्।
कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोले घटनामा परी मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेको जानकारी दिएका छन्।
रकेट लञ्चरको नफुटेको खोल नजिकैको खेतमा बालबालिकाले फेला पारी घरमा लगेको बुझिएको छ। मृतक र घाइते सबै एकै परिवारका रहेको बताएकाे छ।
घटनापछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
शहरको खेतीयोग्य जमिनमा रकेटमा प्रयोग हुने उक्त बारूदी गोला भेटिएको हो। घटनाबारे अनुसन्धान गर्न र यसका पछाडिका अपराधीहरूलाई पक्रन यस विषयमा पूर्ण अनुसन्धान सुरु गरिएको छ।
प्रहरी अधिकारीहरूका अनुसार प्रहरीले हालै कान्धकोट शहरमा लुटेरा र अपराधीहरू विरुद्ध रकेट लञ्चर र ह्यान्ड ग्रेनेडलगायत अत्याधुनिक हतियारले सुसज्जित भएको आशङ्कामा अभियान चलाएको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया