ध्रुब बस्याल
सामाजिक सञ्जालबाट सडकमा ओर्लिएका धार्मिक समूहका कारण खलबलिएको नेपालगन्जको ‘सद्भाव’ नियन्त्रणमा राख्न मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले आदेश गरेको कर्फ्यू बुधबार पनि निरन्तर छ।
‘अर्को सूचना जारी नभएसम्म’का लागि बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यूकै बीच मंगलबार केही ठाउँमा प्रदर्शन भएपनि बुधबार भने केही शान्त छ।
नेपालगन्जमा सामाजिक सद्भाव भड्किइरहँदा बाँकेका सांसदहरू भने कोही काठमाडौँमा छन्, कोही बुधबारमात्रै नेपालगन्ज पुगेका छन्।
मंगलबार संसद बैठकबाटै ‘सामाजिक सद्भाव’को आह्वान गरेर बुधबारमात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणा नेपालगन्ज पुगेका छन्।
सामाजिक सञ्जालका कारण खलबलिएको सद्भाव कायम राख्नका लागि उनले त्यहाँका स्थानीय जनप्रतिनिधि र विभिन्न समुदायहरूसँग छलफल गरिरहेको बताएका छन्।
‘नेपालगन्ज अहिले शान्त छ। कर्फ्यू छ। हामीले सक्ने प्रयास गरिरहेका छन्’, राणाले नेपालगन्जबाटै बिएल नेपाली सेवासँग भने, ‘विस्तारै सबै ठीक हुन्छ। हामीले स्थिति थप भड्काउ हुन दिन्नौँ। विस्तारै सबै पक्षबीच समन्वय भइरहेको छ।’
नेपाली काँग्रेसका सांसद किशोरसिंह राठौरले पनि सामाजिक सद्भाव कायम राख्नका लागि सिङ्गो पार्टी र आफू लागिपरेको बताए। उनले व्यक्तिगत स्वार्थ र रिसिइबीका कारण सिङ्गो साम्प्रदायिक सद्भावमै खलल पुगेको भन्दै यस्ता विषयलाई आफूले गम्भिरताका साथ लिएको पनि बताए।
‘सबै समुदाय र प्रशासनसँग पनि हामीले समन्वय गरिरहेका छौँ। स्थिति चाँडै शान्त हुन्छ’ उनले भने ‘सबै राजनीतिक दल, हामी सांसदहरू र सबै जनप्रतिनिधिहरूबीच राम्रो समन्वय भइरहेको छ।’
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद दीपा शर्माले वर्षौंदेखि मिलेर बसेको सामाजलाई भत्किन नदिनका लागि एमालेलगायत सबै राजनीतिक दल गम्भिरका साथ लागिरहेको बताइन्।
‘हामी चुप छैनौँ, आफ्नो तह तप्काबाट जहाँ-जहाँ सकिन्छ समन्वय र सद्भावका लागि आह्वान गरिरहेका छौँ। जिल्लाका सिडियो, सुरक्षामा रहेका प्रहरी लगायतसँग समन्वय भइरहेको छ। सर्वदलीय बैठकका लागि पनि कुरा भइरहेको छ’, उनले भनिन्, ‘मिलेर बसेको समाज जात, धर्म लिङ्ग, वर्ग मिलेर बसेको समाजलाई यो वा त्यो आधारमा विखण्डित गर्ने काम कसैबाट गर्नु हुँदैन। समाजिक सद्भाव भड्काउने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउनुपर्छ।’
प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित भएका बाँकेका ६ जना सांसद छन्।
‘मोहम्मद डे’कै दिन एक जना युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति लक्षित गरी लेखिएको विषयले बाँके जिल्लामा सद्भाव बिथोलिन सुरु भएको थियो। त्यही विषयलाई लिएर आइतबार मुस्लिम समुदायले र्याली निकालेको थियो।
त्यसलगत्तै फेरि अर्को पक्ष ॐकार परिवारका नाममा मंगलबार नेपालगन्ज बन्दको आह्वान हुनु नेपालगञ्जको सद्भाव बिथोल्ने कारण बने।
बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक सद्भावमा खलल पुर्याउने सामग्री सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
‘नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्यजस्ता संचार सामग्रीहरू प्रचारप्रचार नगर्न नगराउन पुन: अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ,’ बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेले भनेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया