
बिएल संवाददाता
इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्।
शहर प्रहरीले जनाए अनुसार स्थानीय समय बिहान ८ बजे आगलागी भएको र दुईवटा दमकल र एउटा क्रेन ट्रकसहितको दमकल तत्काल घटनास्थलमा पठाइएको छ।
यसैबीच, शहरको स्वास्थ्य एजेन्सीका प्रमुख जेनल अबिदिनले १५ जनालाई बाहिर निकालेर नजिकैको अस्पतालमा ल्याइएको बताएका छन्।
विषाक्त ग्यासको धुवाँबाट ६ जनाको मृत्यु भएको र घाइते ९ जनाको अस्पतालमा सघन उपचार भइरहेको उनले बताए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया