
बिएल संवाददाता
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ।
साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ। यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो।
विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल आज यमनविरुद्धको खेलमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।
त्यस्तै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले आफ्नो अन्तिम खेलमा जीत हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए। कप्तान लिम्बूको यो खेलसँगै सय अन्तर्राष्ट्रिय खेल पूरा हुँदैछ।
समूह ‘एच’ मा रहेको नेपालले यसअघि खेलेको पाँचै खेलमा पराजय भोगेको थियो। यही जेठ २५ गते भएको संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको थियो। नेपालमा नै हुनुपर्ने उक्त खेल दशरथ रङ्गशालामा समस्या भएपछि नेपालले साउदी अरेबियामा सारेको थियो।
त्यसअघि नेपाल युएईसँग पहिलो खेलमा ४–० र यमनसँग २–० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले पराजित भएको थियो।
नेपाली टोलीमा गोलकिपरसमेत रहेका कप्तान किरणकुमार लिम्बूसहित विशाल सुनार र अभिषेक बराल छन्। त्यस्तै डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, सनिश श्रेष्ठ र रोहित चन्द छन्।
त्यस्तै मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशीष राई छन् भने फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिकबाबु चौधरी छन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया