सोमबार, ०८ सेप्टेम्बर २०२५

गोरखाको पहिरोमा बेपत्ता ४ जनाको शव भेटियो

News Image
• • •

उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ।

सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।

शनिबार राति गएकाे भीषण पहिराेमा परी पाँच जना बेपत्ता भएका थिए। बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो। 

सोमबार, श्रावण १४, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)