
बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्समाथि पाेखरा एभेन्जर्सले सानदार जित निकालेकाे छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाेखराले लुम्बिनीमाथि १० विकेटकाे सानदार जित निकालेकाे हाे। एनपिएलमा पाेखराकाे लगातार दुई हारपछिकाे पहिलाे जित हाे।
लुम्बिनीले दिएकाे १७१ रनकाे लक्ष्य पछाएकाे पाेखराले १६.५ ओभरमा बिनाविकेटकाे क्षतिमा पूरा गर्याे। पाेखराका ओपनर आन्द्रेस गाैसले शतक प्रहार गरे। ५५ बलमा १२ चाैका र ५ छक्काकाे मद्दतमा १०४ रन बनाएका अमेरिकन खेलाडी गाैस एनपिएल शतक प्रहार गर्ने पहिलाे खेलाडी बने।
त्यस्तै दिनेश खरेलले अर्धशतक प्रहार गरे। उनले ४६ बलमा ४ चाैका र ४ छक्काकाे मद्दतमा ६१ रन जाेडे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएकाे थियाे।
लुम्बिनीका कप्तान राेहितकुमार पाैडेलले ९५ रन प्रहार गरे। ५९ बलकाे सामना गरेका उनले १० चाैका र ४ छक्का प्रहार गरे। त्यस्तै टम मुरेसले ४५ र सन्दीप जाेराले १८ रन प्रहार गरे।
पाेखराका विपिन खत्रीले २ र मैट क्रिचलीले १ विकेट लिए।
एनपिएलमा लुम्बिनीकाे याे लगातार हार हाे। याे हारसँगै लुम्बिनी अंक तालिकाकाे पुछारमा झरेकाे छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया