
बिएल संवाददाता
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा घोटाला तथा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएकाे छ।
राजन शर्मा बुढाथोकीले सोमबार धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको कुरा प्रधानमन्त्रीले समेत आरोप लगाएको भन्दै अख्तियारले यस विषयको मुद्दा फैसला गरोस् भनेर निवेदन दर्ता गरेको बताए।
उनले भने, ‘कि त देश छोडेर जानुपर्यो नजाने हो भने देश बनाउने जिम्मेवारी हामी युवाहरुको हो। हामी यसका लागि अगाडि आउनुपर्छ भनेर स्वतन्त्र युवाहरुले एउटा भ्रष्टाचारविरुद्धको नागरिक अभियान चलाउन खोजिरहेका छौँ। त्यसको लागि धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको छ भनेर प्रधानमन्त्रीले समेत आरोप लगाउनुभएको छ। यही विषय नै के हो भनेर अख्तियारमा मुद्दा फैसला गरोस भनेर निवेदन दर्ता गर्न आएको हो।’
यस्तै, उनले जस्तो व्यवस्था आएपनि नेपाली जनताको आर्थिक रुपमा उन्नति हुन नसकेको भन्दै यसको मुख्य कारण भ्रष्टाचार नै भएको बताए।
उनले भने, ‘देशमा हामीले जति पनि परिवर्तनका कुराहरु गर्यौ, युवाहरुलाई लिएर जति पनि आन्दोलन भए तर त्यसलाई आर्थिक रुपमा लान सकेनौ। गणतन्त्र, लोकतन्त्र जे आएपनि नेपाली जनताको आर्थिक रुपमा उन्नति हुन सकेन। यसका सबै कारण भ्रष्टाचार हो। तर भ्रष्टाचारका कुराहरु कहिले पनि बाहिर नआउने र कारबाही पनि नहुने काम निरन्तर चलि रहेको छ।’
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया