आइतबार, ०७ सेप्टेम्बर २०२५

मधेशी दलहरूबीच एकताका लागि लोसपाले बनायो वार्ता समिति

News Image
• • •

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालले मधेशी दलहरूबीच एकता गर्नका लागि वार्ता समिति बनाएको छ। 

आइतबार वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साेनार, उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव द्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्रसम्मेलित समिति बनाएको हो। 

उक्त समितिले मधेश केन्द्रित पार्टीहरूबीच संवाद , सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्‍ने गरी पार्टी एकीकरण गर्ने सम्‍मको सम्भावनाको खोजी तथा परिणाम मुखी बनाउनको लागि काम गर्नेछ। 

यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कार्यकारिणी बैठकबाट मधेशका दलहरूबीच सहकार्य र एकता गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो। 

यस्तै  सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच पनि सहकार्य प्रयास चलिरहेको छ।

याे पनि– आफ्नाे सत्ता हासिल गर्न क्रान्तिकाे विकल्प छैन- राजेन्द्र महताे (पूर्णपाठ)

आइतबार, पौष २१, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)