बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै उनले नेपाल अरुले आएर नबनाइदिने भन्दै तीनै तहका सरकारको सहकार्यका साथ नेपाललाई बनाउनमा लाग्नुपर्ने बताए।
उनले भने, ‘४० वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो। अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ। हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ। कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्छ। उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ।’
उनले केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको दाबी गरेका छन्।
उनले भने, ‘कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो। आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ। यसले स्वागत पाएको छ।’
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया