आइतबार, ०७ सेप्टेम्बर २०२५

अज्ञात समुद्धारा वडा कार्यालयमा आगजनी

News Image
तस्बिरः एजेन्सी
• • •

सल्यानको एक वडा कार्यालयमा अज्ञात समूहले आगो लगाएका छन्।

सल्यानको छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा सोमबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

आगजनीबाट छत्रेश्वरी गाउँपालिका –३ मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्।

अज्ञात समूहले लगाएको आगोबाट कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सी, कार्पेटलगायत त्यहाँ रहेका सम्पूर्ण सामना जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए।

घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

मंगलबार, असार ०३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)