‘कुलिङ पिरियड’ छेडखानीः कार्यविधिलाई अन्तिम रुप दिने छानबिन समितिको निर्णय
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा भएको छेडखानीको विषयमा छानबिन विशेष समितिको बैठकले कार्यविधिलाई अन्तिम रुप दिने निर्णय गरेको छ। बुधबार संघीय संसद सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसेको बैठकबाट कार्यविधि अन्तिम चरणमा पुगेको र अब यसलाई अन्तिम रुप दिने प्रक्रियामा अगाडि बढेको समिति संयोजक जीवन परियारले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं