शनिबार, ०६ सेप्टेम्बर २०२५

प्रचण्ड भन्छन्, राजावादीको आन्दोलनमा बाह्य चलखेल पनि छ

‘देशभित्र र बाहिरका चलखेल मिसिएक छन्। यसखालका चलखेल आजमात्रै भएका होइनन्। यस्ता चलखेल हिँज पनि अस्ती पनि थिए’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको गणतन्त्रमा राजततन्त्रको रगत छैन: प्रचण्ड

‘नेपालको शान्ति प्रक्रियामात्रै होइन गणतन्त्रको इतिहास पनि निकै मौलिक र उदार थियो। संसारमा सबै ठाउँमा गणतन्त्रको इतिहास राजतन्त्रको रगतले लेखिएको छ। तर नेपालमा त्यस्तो भएन’ उनले भने ‘हामीले पूर्वराजालाई शान्तिपूर्ण रुपमा सुरक्षित ठाउँमा राखेर हामीले गणतन्त्रको शान्तिपूर्ण स्थापना गरेका हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोसिमाको ‘सांसद पद खारेज’सम्बन्धि मुद्दामा निर्णय सुनाउँदै सर्वोच्च

न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजालमा ‘निर्णय सुनाउने’ पेसी तोकिएको छ। सांसद कार्कीले लाभको पदमै हुँदा २०७९ मंसिर ४ गतेको निर्वाचनमा ललितपुर-३ मा रास्वपाबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएको भन्दै निर्वाचन आयोगले उम्मेद्वारी खारेज गरेको थियो।  कार्की त्यतिबेला नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएर लाभको पदमा बसेकै बेला उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले खारेज गरेको थियो। तर, सर्वोच्च अदालतले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार

तल्लो बाटोबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि अमेरिकी सुरक्षा बलले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। अमेरिकी समय अनुसार गतसाताको मंगलबार राति डुंगा चढेर अमेरिका प्रवेश गर्न लागेका उनीहरूलाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेसन्स् (एएमओ)ले गोली हानेर पक्राउ गरेको हो। उनीहरू क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्दै थिए। सीबीपीले नेपालीसहित नौजना आप्रवासीलाई नियन्त्रणमा लिइएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रचण्ड, प्रधानमन्त्रीद्वारा बहिष्कार

आजको संसद बैठकमा प्रमुख पतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। हिजो सभामुखसँग सचेतकहरूको बैठकमा प्रचण्डले आजको संसद बैठकमा बोल्नका लागि समय मागेका थिए। यता प्रचण्डले सम्बोधन गर्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। ओली आज कोशी प्रदेश सभालाई सम्बोधन गर्न विराटनगर पुगेका छन्। यसअघि पनि संसदमा प्रचण्डको सम्बोधन प्रधानमन्त्री ओलीले बहिष्कार गरेका थिए। जसको प्रचण्डले संसदमै असन्तुष्टी जनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकतन्त्रको विकल्प राजतन्त्र होईन, हुनै सक्दैनः कमल थापा

‘लोकतन्त्रको विकल्प राजतन्त्र होईन, हुनै सक्दैन।त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो।’ उनले राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिने दाबी पनि गरेका छन्। उनले भनेका छन्, ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो।मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो। राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंकर पोखरेल भन्छन्, पहिला भारतका ‘राजा,नवाव र महाराजाहरू’लाई फर्काएर ल्याउनू

उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्वी राजा र महाराजाहरूलाई पुनस्थापित गर्दा भयो नि। तर त्यो सम्भव छैन। किनकी भारतीय संविधानले  त्यसो गर्न दिँदैन। नेपालको हकमा पनि त्यस्तै त हो नि! हैन र?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका र युक्रेनबीच साउदीमा वार्ता हुँदै, रोकिएला युद्ध?

साउदी अरबमा हुने वार्तामा ट्रम्प र जेलेन्स्की दुबै सामेल हुने छैनन्। बरु दुबै देशका कुटनीतिक अधिकारीहरू बसेर शान्तिका लागि छलफल गर्नेछन्। युक्रेन शान्ति वार्ताका लागि तयार भइरहँदा रुसले भने उसमाथिको आक्रमण निरन्तर जारी राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्पका नाममा राजनीति नगरौं: गृहमन्त्री

डीडीएको काम समयमा सम्पन्न गरी पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागि परेको बताए। भूकम्पले घर भत्किएपछि पुनर्निर्माण पूर्व गरिने डीडीएका लागि जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरिरहेको बताए। फिल्डमा खटिएका प्राविधिकको कमी भए सरकारले थप गर्ने बताए। मन्त्री लेखकले जाजरकोट जिल्लामा अलपत्र परेको योजनाहरूका विषयमा प्रधानमन्त्री र मन्त्रिपरिषदमा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्वोधन गर्ने बताए। उनले भने, ‘पुनर्निर्माणको काम छिटोछरितो गरि भूकम्प प्रभाबित जनतालाई सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ। भूकम्पपछि जति जनताले दुख पाउनु भयो अaका दिन पाउन नदिने गरी सरकार लागी परेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

राजावादीहरूले हाम्रो सभ्यता र संस्कृति ध्वस्त पार्न खोजेः प्रधानमन्त्री

‘हिजो देख्नुभयो नारा देख्नुभयो, फोटा देख्नुभयो। सिङ्गो समाजलाई नै अशोभनिय बनाउने प्रयास भइराखेका छन्। त्यो त केपी ओलीले गरेको भन्छन्। मेरा विरुद्ध तथानाम अश्लिल नारा लगाइराखेका थिए। त्यो पनि मैले नै लगाएको हो कि? संविधान व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने प्रणाली नमान्ने, आजको जमानामा जनता रैति भएर बस्दिन पर्ने कस्तो हुकुम प्रमाणीयको झल्को आएको? संविधान नमान्ने अरे।’ उनले भने, ‘राजनीति गर्न मन छ भने आउनुहोस्। तर संविधान, कानुन नमान्ने जहिले पनि यो देशलाई अस्थिरतामा नै लैजाने? हाम्रो पुर्खाले यत्रो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त गर्ने? त्यस्ता कुरा हुन दिदैनौं रोक्नुपर्छ हामीले।’ त्यस्तै, उनले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इतिहासको रथ पछाडि फर्किन्न, निरंकुश शासन सहन सकिन्नः नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन्। सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगती, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए। उनले भने, ‘सिध्याउन खोज्ने कुनैपनि प्रवृत्ति निन्दनीय छ, अस्विकार्य छ। इतिहासको रथ पछाडि फर्किन सक्दैन। प्रगती, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो। यो राजाबाट सम्भव छैन। इतिहासले यो कुरा भनि सकेको छ। फेरि त्यो निरंकुश शासनमा जनता जादैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकारको प्रश्न- हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लायो? प्रचण्डको जवाफ- छैन, केही हल्लाको छैन

सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँगको छोटो कुराकानीमा उनले पत्रकारहरूले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्दै प्रश्न गरेका थिए। उत्तरमा उनले भने, ‘हिजोको प्रर्दशनले केही हल्लाको छैन। डराउनेवाला पनि छैनौं। त्यत्रो लडाईंकाबीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा।’ उनले जनताको समस्यामा सरकारको अझै ध्यानकेन्द्रीत हुन नसकेको कारण जनतामा निकै ठूलो निराशाको कारण यस्तो अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजाकाे चर्चा नेपाल, चासाे भारतमा (भिडिओ रिपाेर्ट)

करिब दुई दश लामो यो यात्रामा कहिँकतै छुटेका ‘राजशाही’का अवयवहरू फेरि एकपटक सल्बलाउन थालेका छन्। इतिहासका ती अवशेषहरू बोकि हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी अनि अरु पनि ‘राजावादी’हरू फेरि सल्बलाउन थालेका छन्। फेरि उग्र हुन थालेका छन्।  यही व्यवस्थालाई संस्थागत गर्नेगरी २०७२ सालमा संविधान जारी हुँदा पनि भारतको सक्रियता उस्तै थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीलक्षित ओलीको टिप्पणी- देशमा जुलुश गर्दा विदेशीको तस्बिर राख्नुपर्ने अवस्था आइसकेको छैन

सोमबार गैरसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आइतबारको राजावादीको आन्दोलनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रदर्शन गरिएकोतर्फ इंगित गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘एउटा जुलुश निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं। अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन। हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलि प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने

सोमबार सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूको बैठकमा प्रचण्डले फागुन २७ गते संसदमा सम्बोधन गर्ने विषयमा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। प्रचण्डलाई भोलि बोल्नका लागि सयम निर्धारण समेत भइसकेको बर्तौलाले बताए। पछिल्लो समय राजावादीहरूको सक्रियता बढेपछि माओवादी नेताहरू तराई मधेस केन्द्रीत जागरण अभियान नै स्थगित गरेर काठमाडौं फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनजीओहरूलाई प्रधानमन्त्रीको निर्देशन- विदेशी अनुदानमा मात्र भर नपरौं

गैरसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजा ल्याउने कुरा माओवादीले कल्पना पनि गर्न सक्दैनः अग्नि सापकोटा

उनले भने, ‘हामीले गणतन्त्र त रगतको पोखरीमा पौडी खेल्दै ल्याएका हौं नि त। हामीलाई जनताप्रति धेरै विश्वास छ। संसारभरी अहिले अराजकता छ। अन्यौल जस्तो स्थिति छ। यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मारतिमा कोही लागेका छन्। त्यो सपनामा मात्रै हुन्छ। सफल हुँदैन्।’ तस्तै उनले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खाजेको थियो भन्ने जनतालाई भ्रमित पार्ने उद्देश्यले आरोप लगाइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुपन्देही जिल्ला अदालतको निर्णय उल्ट्याउन माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतको निर्णय उल्ट्याउन माग गर्दै उच्च अदालत बुटवल पुगेका छन्। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटीमा छुटेका लामिछाने धरौट खारेजी गरी साधारण तारेखमा छाड्न माग गर्दै सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन्। बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेको निवेदन दर्ता भइसकेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले काठमाडौं महानगरलाई तिर्‍यो एक लाख जरिवाना

आइतबार पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्ने क्रममा एयरपोर्ट क्षेत्रमा फोहोरमैला गर्दै वातावरण प्रदुषण गराएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना तिराउने निर्णय गरेको थियो। उक्त जरिवाना रकम राप्रपाले सोमबार नै तिरेको छ। महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगरको कार्यालय कमलादीमा पुगेर जरिवाना तिरेका हुन्। शाहीले जरिवाना तिरेको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले राप्रपा सुशासन र विधिको शासन मान्ने पार्टी भएकोले महानगरको जरिवाना स्वीकार गरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजाको स्वागतमा किन राखियो आदित्यनाथको फोटो? ज्ञानेन्द्र भन्छन्- ओलीकै निर्देशनमा राखियो

आइतबार राजावादी समूहले गरेको पूर्वराजाको स्वागत कार्यक्रमको र्‍यालीमा पूर्वराजासँगै योगीको तस्बिर पनि प्रदर्शन गरिएको थियो। नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको पाइएको शाहीको दाबी छ। उनी भन्छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ। नेपाली  राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन्। छि छि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं