रक्षामन्त्रीको मतः राष्ट्रिय गौरवका आयोजनाहरूमा पुनर्विचार गरौं, आवश्यक परे घटाऔं
नेपाल सरकारको आव ०८२/८३ को नीति तथा कार्यक्रममा संघीय संसद अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण पत्र रक्षामन्त्री मानबीर राईलाई हस्तान्तरण गरिएको छ। मंगलबार बसेको समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री राईलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझ्दै मन्त्री राईले अनावश्यक घोषणा गरेर मात्र राख्ने भन्दा पनि राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनःविचार गरेर घटाउनु उचित हुने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं