सुमना सुत्र- रविलाई पास, बालेनबाटै आश
रास्वपा सभापति तथा निलम्बित सांसद रवि लामिछानेको पक्षमा वकालत नगरेको भन्दै पार्टीभित्रबाटै आलोचना खेपिरहेकी सांसद सुमना श्रेष्ठ फेरि विवादमा तानिएकी छन्। खासगरी लामिछाने निकट मानिएकी रास्वपा नेता ज्वाला संग्रौलाले रविकै कारण सांसद भएका सुमनासहितका सांसदले रविको बचाउमा नबोलेको भन्दै चर्को आलोचना गर्दै आएकी छन्। केही समयअघि उनले रास्वपाका बौद्धिक र पढे-लेखेका भनिएका कतिपय नेताहरूले पनि सभापति रविको बचाउ नगरेकोमा आक्रोशसमेत व्यक्त गरेकी थिइन्। संग्रौलाको दाबी छ- ‘रास्वपाका सबै नेताहरू रविकै कारण चिनिएका हुन्। उनीहरूको अलग्गै पहिचान छैन। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी जतिसुकै बौद्धिक र पढे-लेखेका भए पनि रवि दाइकै कारणले रास्वपामा चिनिएका हौँ। यो कुराचाहिँ हामी कदापि नभुलौँ।’
बिएल संवाददाता - काठमाडौं