सोमबार, ०१ डिसेम्बर २०२५

कुवेतमाथि नेपाल १६५ रनले विजयी

आइसिसी यू- १९ विश्वकप छनाेटमा नेपालले कुवेतमाथि नेपालले बिशाल जित निकालेकाे छ। मंगलबार दुबईस्थित द सेभेन स्टेडियममा नेपालले कुवेतमाथि १६५ रनकाे विशाल जित निकालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध अदालतकाे अवहेलना मुद्धा दर्ताकाे हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रुपन्देहीकाे सरकारी वकिल कार्यालयमा रवि लामिछानेकाे बयान सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ। रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसँग बयान लिन सुरू गरिएकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङेलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगियाे

काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई अस्पताल लगिएकाे छ। मंगलबार बिहान काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट स्वास्थ्य जाँचका लागि बसुन्धराको चिरायु अस्पतालमा लगिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यान्मारकाे नेपाली बस्तीमा सेनाकाे हवाई आक्रमण, ३ जनाको मृत्यु, दर्जनाैँ घाइते

‘क्रूर सेनाले हाम्रो शहरमा राति बम खसालेको छ। हाम्रो टोलका सबै घरहरू बमले उडाएको छ। ब्म लागेर एकजना नेपाली दाजुको पनि मृत्यु भएको छ, धेरै जना घाइते हुनुभएको छ। यहाँको अवस्था साह्रै नराम्रो छ,’ मोगोकका एक नेपालीभाषीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङे सीआईबीमा, अदालतमा उपस्थित गराइँदै

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्‍याइएको छ। आजै बिहान काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केहीबेरअघि सीआईबी पुर्‍याइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई बुद्ध एयरमार्फत पाेखराबाट रूपन्देही लगियाे (भिडियाे)

सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही लगिएकाे छ। मंगलबार बिहान पाेखरा विमानस्थलबाट बुद्ध एयरकाे विमानमार्फत रूपन्देही लगिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले रूपन्देहीमा प्रदर्शन गर्दै

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही ल्याउने तयारी हुँदै गर्दा रुपन्देहीमा भने प्रदर्शनको तयारी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लाल आयोगको प्रतिवेदन सार्वजनिक

सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत महशुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार उर्जा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेखा समिति सभापतिलाई प्रश्न– कुलमानमाथिको अनुसन्धान किन बीचमै रोकियो?

सरकारले कुनै डिसिजन (निर्णय) नै गरिसक्यो भने त त्यो विषयमा किन लफडामा लाग्नुपर्‍यो त। परेर न नि। तर मैले अघि भनेका महत्वपूर्ण डकुमेन्टहरू के हुन्छ भन्ने चाहीँ रह्‍यो। कैफियत देखिएको ठाउँमा त केही गर्नुपर्ला। यहाँ जो जिम्मेवार हो त्यो जवाफदेही नभएकाले डेडिकेटेड–ट्रङकलाईन विवाद देखिन्छ, ती कागजात अध्ययन गर्दा।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्जा मन्त्रालयले प्राधिकरणलाई पठायो काटिएको लाइन जोड्ने निर्देशन

सोमबार मन्त्रिपरिषद् बैठकले कात्तिक ८ गते प्राधिकरणले दुई दर्जन बढी उद्योगको काटेको लाइन जोड्न २४ घण्डे अल्टिमेटम दिएको थियो। मन्त्रिपरिषदको अल्टिमेटम सकिँन लाग्दासमेत अहिलेसम्म के हुने भन्नेमा प्राधिकरण निष्कर्षमा पुग्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हिरासतबाट नेताहरूलाई रविले भने- यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउनुस् है

‘हामीले बाहिर बसेर पनि गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो। त्यस कारण तपाईंहरू यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, सक्नुभएकाे छ कि छैन त्याे चाहिँ बुझाउनुस् है। कतै नागरिकहरूलाई बुझाउनुपर्ने छ भने पनि त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन भन्ने कुरा उहाँ (रवि लामिछाने)काे स्पष्ट छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरी हिरासतभित्र रास्वपाकाे बैठक, रविलाई हिरासतमै राखेर छानबिन गर्नुपर्ने आधार नभएकाे दाबी

साेमबार कास्की प्रहरीको हिरासतभित्रै सभापति लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाबीच आधा घण्टा बैठक बसेकाे केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले जानकारी दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड–ट्रंकलाइन विवाद: मन्त्रिपरिषद्को निर्णय कुर्दै उर्जामन्त्रालय, उर्जामन्त्रालयकाे पत्र कुर्दै प्राधिकरण

करिब ८ अर्ब बक्याैता नबुझाएपछि दुई दर्जन बढी उद्याेगमा काटिएकाे बिजुली जडान गर्ने कि नगर्ने भन्नेमा नेपाल विद्युत प्राधिकरण उर्जामन्त्रालयकाे पत्र कुरेर बसेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा छ: माओवादी

सोमबार खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति सरकारले गरिररहेकाे व्यवहारतिर लक्षित गर्दै यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकाेटमा फाेर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते

सोमबार साढे ११ बजेतिर भएको दुर्घटनामा अहिलेसम्म १७ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ। बा५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका– ७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गर्दा जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महशुल नबुझाइ विद्युत जाेडे आन्दोलन गर्ने प्राधिकरणका कर्मचारीकाे चेतावनी

‘प्राधिकरणकाे मानमर्दन गरी थप विवाद सृजना गरिरहेकाे कुराप्रति हाम्राे गम्भीर आपत्ति रहेकाे छ’, उनीहरूले ऊर्जामन्त्री दीपक खड्कालाई पठाएको पत्रमा भनिएको छ, 'डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा सर्वसाधारण जनतालाई समेत सुसूचित गराई संघर्षका कार्यक्रमहरू दिन बाध्य हुने व्यहोरा अनुरोध गर्दछौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा छ: माओवादी

‘सरकारले अहिले ज-जसले यो देशमा राम्रो काम गरिरहेका छन्। ती मानिसहरूलाई हटाउने खेल भइरहेको छ। देशमा असाधारण परिस्थिति बन्दैछ, यस्तो अवस्थामा सबै पार्टीहरूबीच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं