‘कर’ युद्धमा आमने-सामने चीन-अमेरिका, विश्व बजारमा के असर पर्छ?
आफूलेचाहिँ मनपरी कर लगाएकाे अमेरिकाले चीनलाई भने अमेरिकी सामानमाथिकाे कर नहटाए उसका सामानमाथि थप कर लगाउने धम्की दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आफूलेचाहिँ मनपरी कर लगाएकाे अमेरिकाले चीनलाई भने अमेरिकी सामानमाथिकाे कर नहटाए उसका सामानमाथि थप कर लगाउने धम्की दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
‘मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बैठकले निष्कर्ष निकालेको छ। प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुनेछ। विरोध प्रदर्शन भद्र अवज्ञाको रुपमा, सत्याग्रहको रुपमा हामीले अगाडि बढाउँछौं।’ लिङ्देनले आफ्नो जिवनकालमा देशमा परिवर्तन देख्न चाहने कुशासन, भ्रष्टाचार राज्य आतंकको अन्त्य गर्नको लागि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरे। राप्रपाले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी समेत दिएको छ। लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० वर्षसम्म माओवादीले गरेको हिंसात्मक राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्वको समयमा विकास र समृद्धिको कुरा सम्भव नरहेको बताएका हुन्। उनले भने, ‘२०४६ सालमा राजनीतिक दलहरूले आन्दोलन गरेर प्रजातन्त्र स्थापना गरे, ५ वर्षसम्म मात्रै काम गर्न पाएका थिए। मुलुकमा हिंसाको राजनीति सुरु भयो। २०५२ सालदेखि १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गर्यो, जसका कारणले नेपालमा काम गर्ने वातावरण नै भएन। युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव हुँदैनथ्यो।त्यो एक दशक हामीले त्यसरी गुजार्यौं।’
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि ‘भारतले उचाल्यो’ भन्ने हल्ला झुटो रहेको दाबी गरेका छन्। सोमबार गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा उनले राजतन्त्र फर्काउन भारत लागेको हल्ला मात्रै रहेको दाबी गरेका हुन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नै नयाँदिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेको र भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको बताएको देउवाको दाबी छ।
बिएल संवाददाता - काठमाडौं
तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राकेशलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। तीनकुनेबाट भागेका दुर्गा पेरिसडाँडास्थित राकेशको घरमा लुकेको तथ्य भेटिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी स्रोतले बतायो। प्रसाईंलाई भगाउन उनको संलग्नता हेरेर म्याद थप गर्ने वा सोधपुछ मात्र गरेर छाड्ने टुंगो लाग्ने प्रहरीले जनायो। तीनकुने घटनामा २ जनाको ज्यान जानुका साथै कयौं निजी र सरकारी भवनहरूमा क्षति पुगेको थियो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले जायज माग सम्बोधनका लागि शिक्षकहरूले आन्दोलन गर्नै नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरूका जायज माग सम्बोधनका हुने बताएका हुन्। प्रधानमन्त्री ओलीले भने, ‘अहिले शिक्षक आन्दोलन चलेको छ। किन चलाउनुभएको हो शिक्षक साथीहरूले? मलाई थाहा छैन। म प्रधानमन्त्री छु, भनिराखेको छु, जायज मागहरू लिएर कोही आउँदाखेरी आन्दोलन गरिरहनुपर्दैन, हामी त्यसको समाधान दिन्छौं। हामी त्यसलाई सम्बोधन गर्न तयार छौं।’ ओलीले शिक्षकहरूले आफ्ना जायज माग सम्बोधन गराउन सडकमा गएर सुत्न नपर्ने बताउँदै कुराकानी गरेर समाधान गर्न आफू तयार रहेको प्रतिक्रिया दिए।
बिएल संवाददाता - काठमाडौं
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार मेयर साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। ‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीले भने।
बिएल संवाददाता - काठमाडौं
सोमबार कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कारागारबाटै सन्देश पठाएका छन्। रुपन्देही जिल्ला कारागार पुगेपछि आफू निकट नेताहरूमार्फत लामिछानेले ४ वटा सन्देश पठाएका हुन्। लामिछानलेले अदालतको आदेशको सम्मान गर्ने बताउँदै भनेका छन्, ‘अदालतकाे आदेशकाे सम्मान छ। कानूनले दिएकाे अधिकार प्रयोग गर्छु। तल्लाे अदालतकाे आदेशविरुद्ध माथिल्लाे आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।’ उनले अदालतबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताउँदै भनेका छन्, ‘न्यायकाे मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।’
बिएल संवाददाता - काठमाडौं
रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा चलान गरिएको छ। कारागार प्रमुख सुरेश भण्डारीले लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको जानकारी दिएका छन्। उक्त ब्लकमा १० जना कैदी राख्ने क्षमता छ। तर, रविलाई त्यहाँ एक्लै राखिएको छ। कारागार प्रशासनका अनुसार अन्य कैदी तथा थुनुवा नभएकोले रविलाई एक्लै राखिएको हो। भैरहवा कारागारमा ४ वटा ब्लक छन्। जसमध्ये ब्लक नम्बर १ र २ मा अरु कैदी तथा थुनुवाहरूलाई राखिएको छ भने ३ नम्बर ब्लकमा महिला कैदी तथा थुनुवा छन्। भैरहवा कारागारमा समान मुद्दामा रविका पूर्वसहकर्मी तथा पूर्व डीआईजी छविलाल जोशी पनि छन्। तर, रविलाई एक्लै राखिएको कारागार प्रशासनले जनायो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा संवर्द्धन, भूगोल एवम् स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताए। सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धन, भूगोल एवम स्वाधिनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरूको रक्षा गरेर अगाडि बढ्छौं।’ साथै उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए। उनले प्रकृतिका हिसाबले अगाडि भएपनि विकास निर्माणका पक्षहरूमा नेपाल पछाडि नै रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्। शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रीत प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल-माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन्। नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो। महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटोभन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ। आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रीत भएका छन्। उनीहरूले शिक्षा क्षेत्रको सुधारका लाग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । नेकपा एमाले सिन्धुलीको पाँचौं सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको विचार बोक्न सक्नुपर्ने बताए। जनताको विचार बोकेर समय अनुसार परिमार्जित हुँदै अघि बढ्ने पार्टी सधैं नयाँ हुने उनको धारणा छ। ‘जनताको विचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुने हो’, भट्टराईले भने। नेकपा एमाले स्पष्ट विचार र दृष्टिकोण बोकेको पार्टी भएकोले यो पार्टी सधैं नयाँ हुने उनको भनाइ छ। जनताको बहुदलीय जनवाद बोकेर अघि बढेको पार्टी भएकोले एमाले सधैं नयाँ जोस, विचार र सोचका साथ अघि बढेको भट्टराईको धारणा छ।
बिएल संवाददाता - काठमाडौं
पत्रकारिता स्वतन्त्र हुनैपर्छ। पत्रकार लगानीकर्ताको कन्ट्रोलमा हुनु हुँदैन। पत्रकारको कलमले जे लेख्छ त्यो सर्वसाधरणले हेर्छन्। त्यसैले कलम नियन्त्रित हुनुहुँदैन। पत्रकारितालाई पेसा व्यवसाय भन्दा निष्ठामुखी बनाउनुपर्छ। वास्तवमा पत्रकारिताको ज्यानमा हुनुपर्ने जे थियो, त्यो हिजोआज छैन। त्यसैले अहिलेको पत्रकारितालाई मान्छेले पत्याउनै छाडे।
बिएल संवाददाता - काठमाडौं
सुरक्षाकर्मीले गोली हान्ने मापदण्ड सामान्यतया धेरै कारकहरूमा आधारित हुन्छन् र यसका लागि विभिन्न कानून र नीति-पत्रहरू हुन्छन्। नेपालको सन्दर्भमा सुरक्षाकर्मीले गोली चलाउनका लागि सामान्यतया तलका मापदण्डहरू पालना गर्नुपर्ने हुन्छ:
बिएल संवाददाता - काठमाडौं
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र डा. सीके राउतको जनमत पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नाम र चुनाव चिह्न जुराइसकेको पार्टीको एकतापछि नेताहरूको व्यवस्थापनमा समेत सहमति जुटिसकेको छ। एकता पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र चुनाव चिह्न ‘ढकिया’ रहने गरी सहमति भइसकेो छ। त्यस्तै नयाँ बन्ने पार्टीको संरक्षकसहित पहिलो वरियतामा रेशमलाल चौधरी रहने सहमति दुई पार्टीबीच भएको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने कारागार चलान भएपछि उनलाई बिर्सेर पार्टी बनाउन लाग्नुपर्ने अभिव्यक्ति दिएका छन्। सोमबार सभापति लामिछाने कारागार चलान भएपछि मुकुलले अब उनी बर्षौं मामाघरमा थन्किने टिप्पणी गर्दै अब उनलाई बिर्सनुपर्ने बताएका हुन्। उनले अब यही मौकामा पार्टीलाई अब लामिछानेको क्लबबाट स्वतन्त्र बनाउनुपर्ने बताए। मुकुलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौं। चुनावी रणनीतिअन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौं। क्लब हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लबलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लबमा नै रमाउनु थियो। अब रवि दाइ वर्षौंका लागी मामाघर जानुभएको छ। अब क्लबबाट पार्टी बनाउनुपर्छ। रवि दाइलाई बिर्सनुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। आजको बैठकमा नेपाल राष्ट्र बैंकमा रिक्त रहेको गभर्नर नियुक्तिको विषयमा निर्णय हुनसक्ने सम्भावना रहेको अर्थमन्त्रालय स्रोतले बतायो। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि सकिएपछि नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढेको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन्। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको हो। यतिबेला लामिछानेको जिल्ला कारागारमा स्वास्थ्य परिक्षण गरिँदै छ। जिल्ला अदालतले थुनुवा पूर्जी दिएपछि लामिछानेलाई कारागार चलान गरिएको हो।
बिएल संवाददाता - बुटवल
बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालतको धरौटीमा छोड्ने निर्णय उल्ट्याउँदै शुक्रबार उच्च अदलतको बुटवल इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
बिएल संवाददाता - काठमाडाैं
चीनले अमेरिकाको यो निर्णयलाई विश्वव्यापी कर नीतिको दुरुपयोग भनेको छ। र विश्वका सबै व्यापार साझेदारहरूलाई अमेरिकाको यो नीतिविरुद्ध एक हुन आह्वान गरेको छ।
बिएल संवाददाता - काठमाडाैं