पूर्वराजालाई विश्वप्रकाशको सुझाव- ०८४ को चुनावमा ‘श्रीपेच चिह्न’ लिनुस्, दुई तिहाइ ल्याएर राजतन्त्र फर्काउनुस्
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०८४ सालको निर्वाचनमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर राजतन्त्र फर्काउन चुनौती दिएका छन्। शनिबार झापाको मेचीनगर धुलाबारीमा पार्टीको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा उनले चुनावबाट जनमत सावित गरेर चाहे जस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका हुन्। उनले भने, ‘०८४ सालमा चुनाव हुँदैछ। यदि तपाईंलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने ‘श्रीपेच चुनाव चिह्न’मा मत माग्नुहोस्। दुई तिहाइ ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुहोस्, तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन।’
बिएल संवाददाता - झापा