सोमबार, ०१ डिसेम्बर २०२५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइने

बुधबार प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै राकम कर्णालीमा सय शैय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने अर्याल पक्राउ

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीलाई कुलमानकाे जवाफ- प्राधिकरणले उद्याेग धरासायी बनाउँदैन

केही समय पहिले प्रधानमन्त्री ओलीले उद्याेगमा लाइन काटेर धरासायी बनाउन नदिइने बताएका थिए। प्रधानमन्त्रीप्रति इंकित गर्दै घिसिङले आफूहरूले उद्याेगलाई सधैं सहज बनाउने काम गरेकाे भन्दै धरासायी बनाउने काम प्राधिकरणले नगर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्याेगीहरू बक्याैता तिर्नेभन्दा विवाद बढाउन लाग्नुभयाे: कुलमान (भिडियाे)

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्याेगीहरूले बक्याैता तिर्नेभन्दा पनि विवाद बढाउन उद्धत भएकाे बताएका छन्। बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले यस्ताे बताएका हुन्। लाेडसेडिङका समयमा जनतालाई अँध्याराेमा राखेर प्रयाेग गरेकाे विद्युत तिर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउती बज्यै घटना: ढाकछोपको बाटोमा प्रहरी, ७ घण्टासम्म पनि भएन सोधपुछ

मृत फेला परेकी सरस्वतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको भए पनि प्रहरीले सामान्य रुपमा बुझ्ने काम गरेको छैन। ‘परिवार दु:खमा छ। अहिलेसम्म घटनाकोबारेमा कुनै सोधपुछ भएको छ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गौशाला धर्मशाला विवादमा अदालतकाे फैसला- मारवाडीले मोही हक दाबी गर्ने कुनै आधार देखिएन (पूर्णपाठ)

धर्मशाला विवादमा जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलकाे इजलासले गत असोज १६ गते फैसला सुनाएको थियाे। फैसलामा गौशाला धर्मशालामा मारवाडी सेवा समितिलाई मोही हक दाबी गर्ने कुनै आधार नदेखिएको उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यकर्तालाई प्रचण्डको निर्देशन- आत्मसमीक्षासहित जनताको घरघरमा जानुहोस्

बुधबार कीर्तिपुर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिबद्धतासहित जनतालाई भेट्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलित समुदायका गाडी चालकलाई हटाउन झिमरुक गाउँपालिका उपाध्यक्षकाे दबाब

आफूलाई हटाउन खाेजेकाे थाहा पाएपछि सुनारले झिमरुक गाउँपालिकाकाे दलित सञ्चाललाई पत्रसमेत लेखेका छन्। ‘उपाध्यक्ष प्रमाेद पाेखरेलले गाडी साहुलाई तिम्राे ड्राइभर दलित भयाे, ड्राइभर फेर गाडीकाे म्याद थपिन्छ नाई भने गाडीकाे म्याद थपिन्न, भनेका रहेछन्’, सुनारले पत्रका लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

सुर्खेतमा मन्दिर परिसरमा पुजारीकी पत्नी मृत फेला

सुर्खेतको गंगामाला देउती बज्यै मन्दिर परिसरमा एक महिला मृत फेला परेकी छन्। बुधबार बिहान मन्दिर परिसरमा मृत फेला परेकी ती महिला सोही मन्दिरका पुजारी रुद्रबहादुर राजीकी श्रीमति ५० वर्षिया सरस्वती राजी रहेको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अमेरिका भयो ‘ट्रम्पेरिका’ : अब के होला ?

विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिका फेरि एकपटक 'ट्रम्पेरिका'मा खुम्चदैछ। अबको चार वर्ष अमेरिकामा अल्पसंख्यक गैर-श्वेत आप्रवासीहरू एउटा कित्तामा र बाँकि अर्को कित्तामा विभाजित हुन्छन् । यो मानसिक कित्ताकाटले अमेरिकालाई बिस्तारित गर्ने हैन, खुम्च्याउने छ। अमेरिका ट्रम्पेरिकामा खुम्चेपछि बाँकि विश्वका शासकहरूलाई भने 'हाइसञ्चो' पनि हुन सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

मानव तस्करी प्रकरण: पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगमा लाइन जोड्ने निर्णयसँगै विद्युत प्राधिकरणका कर्मचारीले दिए यस्तो चेतावनी

बक्यौता नबुझाइ उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। मंगलबार विद्युत प्राधिकरण संचालक समितिको बैठकले बक्यौता नबुझाए पनि लाइन काटिएकाे उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

थाइल्याण्डविरुद्धकाे खेलपछि युएईकाे रनरेट खस्कियाे, नेपालकाे विश्वकप पुग्ने सम्भावना कति?

शीर्ष स्थानमा रहेकाे युएईकाे विश्वकप सम्भावना बलियाे रहेकाे छ। भने, नेपालकाे पनि सम्भावना यथावत रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विद्युत नियमन आयोगको निर्णयविरुद्ध संचालक समितिले गर्‍याे उद्योगमा लाइन जोड्ने

विद्युत नियमन आयोगको निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बक्यौता नबुझाएको उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ। मंगलबार बसकेकाे सञ्चालक समितिकाे बैठकले नियमन आयोगको निर्णयविरुद्ध उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ

जापानबाट डिपोर्ट भएका तीन युवालाई नक्कली सरकारी कागजात बनाइदिएको आराेपमा दुई जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई रहेका छन्। याे प्रकरणमा आजका दुईसहित ९ जना पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन महिनामा २ हजार ४७३ माथि ज्यादती

बितेकाे तीन महिनामा २ हजार ४७३ वटा मानव अधिकार उल्लङ्घनका घटेका छन्। मानव अधिकारका क्षेत्रमा काम गर्दै आएकाे संस्था इन्सेकले तयार पारेकाे विवरणअनुसार जुलाइदेखि सेप्टेम्बर महिनासम्म २ हजार ४७३ जना पीडित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कतार एयरवेजले थाल्याे भैरहवामा नियमित उडान, ३३ यात्रुसहित अवतरण

कतार एयरवेजकाे जहाजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ। मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङे डिल्लीबजार कारागार चलान

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागार चलान गरिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङेलाई अदालतमा उपस्थित गराइयाे

काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई अदालतमा उपस्थित गराइएकाे छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मनाङेलाई मंगलबार जिल्ला अदालत काठमाडाैँमा उपस्थित गराइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं