ओलीको नियुक्ति खाएकाहरू राजावादी मोर्चामा
बैठकले राप्रपाका वरिष्ठ नेता नवराज सुवेदीको संयोजकतामा ११ सदस्य राष्ट्रिय आन्दोलन निर्देशन समिति गठन गरेको छ। तर, समितिमा प्रमुख राजावादी दल राप्रपाकै अध्यक्ष राजेन्द्र लिङदेनको घोर अपमान गरिएको छ। ११ सदस्यीय समितिमा लिङदेनलाई वर्णानुक्रममा १० नम्बरमा राखिएको छ। यतिसम्म कि कमल थापा, दूर्गा प्रसाईं, रविन्द्र मिश्रलाई समेत उनीभन्दा माथि राखिएको छ। राप्रपाले समितिप्रति असन्तुष्टि जनाएको छ। यता राप्रपाका शीर्ष नेताहरू उपेक्षामा पर्दा राजतन्त्र पुनःस्थापना आन्दोलनमा एमालेका नियुक्ति खाएका नेताहरू समेत समावेश भएका छन्।
बिएल संवाददाता - काठमाडौं