सोमबार, १९ जनवरी २०२६

भुटानका राजा आज नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा

भुटानका राजा जिग्मे वाङचुक आज शुक्रबार नेपाल आउँदैछन्। भारत भ्रमणमा रहेका वाङचुक शुक्रबार बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट काठमाडौं आउने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वाइडबडी विमान खरिद प्रकरणमा ४ जना दोषी ठहर, मन्त्रीलाई सफाइ

वाइडबडी खरिदमा गरिएको घोटला प्रकरणमा चार जना दोषि ठहर भएको छन्। विशेष अदालतले वायु सेवा निगमका अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकारका साथै निगमका सदस्य बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पदभार ग्रहण सभाबाटै पक्राउ परे नवनिर्वाचित वाध्यक्ष

सप्तरीमा नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण सभाबाटै पक्रउ परेका छन्। डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सप्तरी

एनपिएलमा आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज शुक्रबार पनि दुईवटा खेल हुँदैछन्। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्स र चितवन राइनोज भिड्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकाबाट ७ नेपाली युवा डिपोर्ट, चार्टर विमानमा पुर्‍याइए काठमाडौं

अमेरिकाबाट गत साता सात नेपाली युवा देश निकाला गरिएका छन्। मानव तस्करहरूलाई कम्तिमा पनि ५० लाख तिरेर तल्लो बाटोबाट अमेरिका छिरेका उनीहरूलाई विमान चार्टर गरी काठमाडोैं पुर्‍याइएको हो। यो पछिल्लो संख्यासँग अमेरिकाबाट यो वर्ष मात्र देश निकाला गरिएको युवाको संख्या २३ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

वाइडबडी खरिदमा भ्रष्टाचार भएकाे ठहर, चार जनालाई कैद सजाय ताेकियाे

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेलाई कुर्न कास्की प्रहरीकाे ढाेकामा रास्वपा कार्यकर्ता

पार्टी सभापति रवि लामिछानेलाई कुर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता कास्की जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका छन्। पाेखराका ‘दिदी-बहिनी’हरु रविलाई कुर्न बिहीबार राति प्रहरीकाे ढाेकामा बसेकाे रास्वपा सदस्य दीपक बाेहराले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मानव तस्करीमा मुछिएका एमाले सांसदलाई मुद्धा नचलाउने निर्णयविरुद्धको रिट सर्वोच्चमा दर्ता

बिहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट सर्वोच्चमा दर्ता भएको हो। अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको निर्णय खारेज गर्न माग गर्दै त्रिपाठीले पेश गरेको रिट यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडाैँ ९४ रनमै अलआउट, सुदूरपश्चिमले गर्दा गर्‍याे दाेस्राे जित

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडाैँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमपले दाेस्राे जित दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चीन भ्रमणले सत्ता फेरबदलमा कुनै प्रभाव पार्दैन- प्रधानमन्त्री ओली

चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सम्झाैताअनुसार नै सरकार चल्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बीआरआई ऋण हाेइन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारबाट प्राप्त हुने भनिएकाे बेल्ट एन्ड रोड (बीआरआई)सम्बन्धी परियाेजना ऋण नभएकाे बताएका छन्। बिहीबार चीनकाे चार दिने भ्रमण सकेर स्वदेश फर्किएका ओलीले विमानस्थलमा पत्रकार सम्मेलनमा बीआरआई ऋण नभएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। साेमबार बेइजिङ गएका प्रधानमन्त्री ओली  बिहीबार स्वदेश फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपिएल: काठमाडाैँलाई सुदूरपश्चिमले दियाे १६८ रनकाे लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभमार ६ विकेट गुमाएर १६७ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विमानस्थल १० घण्टा बन्द हुँदा घट्यो व्यवसाय, छिट्टो काम सक्न दबाब

रपोर्ट परिसरमा २४सै घण्टा चल्ने रेस्टुरेण्ट, क्याँफे, पुष्पगुच्छा पसलका व्यवसायीहरु एयरपोर्ट दैनिक १० घण्टा बन्द हुँदा त्यसको चर्को मार खेपिरहेका छन्। जसका कारण झण्डै आधा व्यवसाय घटेको उनीहरुको भनाइ छ। एयरपोर्ट परिसरमा थकाली खाना सञ्चालन गररिरहेका लक्ष्मण बास्तोला एयरपोर्ट क्षेत्रको व्यवसायमा आधा कमी आएको बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपिएलमा जनकपुरकाे लगातार तेस्राे जित, पाेखरा ७ विकेट पराजित

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार पाेखरा एभेन्जर्सलाई माथि ७ विकेटकाे जित निकाल्दै जनकपुरले तेस्राे जित निकालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्रीले कार्यकक्ष खोलेर विद्युत् प्राधिकरणका काममा अवरोध गरे: माओवादी

‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत् प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ’, प्रवक्ता सापकाटोले भने, ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनको परिणामले ८४ मा एक्लै चुनाव लड्ने आधार तयार गरेको माओवादीको निष्कर्ष

‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ। जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ’, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई रातारात लगियो पोखरा

सहकारीको रकम अपचलनमा मुछिएपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रातारात पोखरा लागिएको छ। बुधबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले बयान लिएर सकाएपछि रातारात पोखरा लगिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेलाई रातारात लगियो पोखरा

सहकारीको रकम अपचलनमा मुछिएपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रातारात पोखरा लागिएको छ। बुधबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले बयान लिएर सकाएपछि रातारात पोखरा लगिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चार दिने भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

चारदिने चीन भ्रमणमा सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ