प्रचण्डको तस्बिर जलाउने राजावादी पक्राउ, पूर्वराजाको जलाउने गणतन्त्रवादीलाई उन्मुक्ति
यता गणतन्त्रका नेताको तस्बिर जलाउने राजावादी नेताहरूलाई पक्राउ गर्न हतारिएको प्रहरीले पूर्वराजाको तस्बिर जलाउने गणतन्त्र पक्षधर कार्यकर्तालाई पक्राउ गर्ने भने चासो दिएको छैन। तस्बिर र पुत्ला दहन लोकतन्त्रमा विरोधको सामान्य अभ्यास रहेको राप्रपाले जनाएको छ। पूर्वराजाको तस्बिर जलाउने बेलगाम घुमिरहँदा प्रचण्डको तस्बिर जलाएर सामान्य विरोध गरेका आफ्ना नेता पक्राउ परेको भन्दै राप्रपाले असन्तुष्टि जनाएको छ। राप्रपाका एक नेता भन्छन्, ‘राजतन्त्रमा बोल्न पाइदैन भन्ने कांग्रेस, एमाले, माओवादीको गणतन्त्रमा यही हो अभिव्यक्ति स्वतन्त्रता? देशमा स्वतन्त्रता यिनिहरूको लागि मात्र हो जनताका लागि होइन।’
बिएल संवाददाता - काठमाडौं