आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै
संविधान तथा राष्ट्रिय दिवस बिहीबार विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ। नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।
बिएल संवाददाता - काठमाडाैँ