दुर्गा प्रसाईं ‘कमाण्डर’ बनेर आए, तीनकुनेमा राजावादीले आगो लगाए (भिडिओसहित)
त्यो बेलासम्म दुर्गा प्रसाईं भने आफैले गाडी हाँकेर त्यहाँबाट निस्किए। प्रसाईं बीएबी ४२०८ नम्बरको कार चढेर आएका थिए। त्यही कार हाँकेर त्यहाँबाट निस्किए। त्यहाँबाट निस्किएर उनले सामाजिक सञ्जालबाट प्रहरीले दमन गरेको र प्रदर्शनस्थलमा जान नदिनका लागि अश्रुग्याँस हानेको आरोप लगाए। उनले राजावादीहरूलाई निजी सम्पत्तीमा आगजनी नगर्न पनि अपिल गरे। त्यतिञ्जेल प्रदर्शनकारी झन उग्र भइसकेका थिए। प्रसाईं आफैले गाडीबाट हात हल्लाउँदै प्रदर्शनकारीलाई प्रहरीको घेरा तोड्न लगाएर झन उक्साएका थिए।
बिएल संवाददाता - काठमाडाैँ