रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौँमा पक्राउ पुर्जी जारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनकाे आरोपमा आइतबार काठमाडौँ जिल्ला अदालतले लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
बिएल संवाददाता - काठमाडौं