शनिबार, १७ जनवरी २०२६

पशुपतिमा तीजको रौनक (तस्बिरहरू)

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूकाे घुइँचाे लागेकाे छ। पशुपतिनाथमा भगवना शिव-पार्वतीकाे पूरा गर्ने  महिलाकाे बिहानैदेखि घुइँचाे लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज तीज पर्व

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालिकालाई घरलु कामदारमा राखेर करणी गर्ने एक जना पक्राउ

बालिलकालाई घरेलु कामदारका रुपमा राखेर करणी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन्। १७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा काठमाडौं-१४ कुलेश्वरका एक पुरुष पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संविधान दिवसमा कति जनाले आममाफी पाउँदैछन्?

यीमध्ये लगभग ८९ जना कैदीबन्दीहरू कर्तब्य ज्यान कसुरमा दोषीहरू छन्। उनीहरूले जन्मकैदको सजाय काटिसकेका थिए। सरकारले अघिल्लो वर्षदेखि निमामावली संशोधन गरेर ज्यानमुद्दाका कसुरदारलाई पीडितका आफन्तहरूको सहमतिमा मात्रै आममाफी दिन सकिने भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्डलाई भेट्न पुगे एमाले नेताहरू, के भयाे छलफल?

पूर्वप्रधानमन्त्री प्रचण्डले अदालतकाे फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलाेकनमा जानपर्ने विषयमा सहमति जनाएकाे एमाले बागमती इन्चार्ज राजन भट्टराईले जानकारी दिए। प्रचण्डले यस विषयमा आफ्नाे दलबाट औपचारिक निर्णय हुने र सरकारले भ्याकेटमा जादाँ आफ्नाे दलकाे समर्थन रहने प्रतिबद्धता जनाएकाे उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थ समिति वर्षमान- कानुन एकदम कडा छ तर परिपालना घटेर गयाे

उनले भने, ‘कानुन एकदम कडा छ तर त्यसलाई परिपालना एकदमै घटेर गएको छ। त्यसैले कानुन बनाउँदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य बनाउनुपर्छ। एकदमै गम्भीर प्रकारमा त कम्प्रोमाइज गर्नुहुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने अभिव्यक्ति दिइरहेका छन्’

उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ। प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। त्यो लोकतान्त्रिक हुन सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति विकास कोषले भन्याे- तीजका दिन गरगहना लगाएर र बालबालिका लिएर नआउनू

दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको बताइएको छ। मेलामा चोरी र लुटपातको घट्नाहरु हुन नदिन कोषले महिला दिदीबहिनीहरुलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म स-साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीप्रति प्रचण्डकाे टिप्पणी- जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्

प्रधानमन्त्रीमै बसेका नेता (केपी शर्मा ओली)ले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकास्थित जर्जियाको विद्यालयमा गोली चल्दा २ शिक्षक र २ विद्यार्थी मारिए

अमेरिकाको जर्जियास्थित एउटा उच्च माध्यमिक विद्यालयमा गाेली चल्दा कम्तीमा ४ जना मारिएका छन्। एटलान्टा शहरबाट ७० किलोमिटर टाढा रहेको विन्डरस्थित अपलाची उच्च माध्यमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २ शिक्षक र २ विद्यार्थीको मृत्यु भएकाे छ। र, ३० भन्दा बढी शिक्षक–विद्यार्थी घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन्। घटना नेपाली समयअनुसार बुधबार राति लगभग ८ बजेतिरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जर्जिया

न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषदलाई आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र विनोद शर्माको संयुक्त इजलासले मंगलबार फैसला सुनाउँदै न्याय परिषद्, प्रधान न्यायाधीश र संवैधानिक परिषदसहितका विपक्षीको नाममा परमादेश जारी गरेको हो। इजलासले न्याय परिषद ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि सिफारिस गर्न र उच्च तथा जिल्ला अदालतको हकमा कानुनले तोकेको अवधिभित्रै नियुक्त गर्न भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमबीबीएस प्रवेश परीक्षाको त्रुटि तत्काल सच्याउन संसदीय समितिको निर्देशन

बैठकले आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्नेगरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानबिनसम्बन्धी प्रतिवेदन समितिसमक्ष पेश गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई छोरीकाे हत्या गर्ने अस्मिताकाे बयान- श्रीमानले धेरै टर्चर दिएपछि विष खुवाएँ

‘श्रीमानले धेरै टर्चर दिएपछि सुरुमा मैले विष पिएँ। मेरो छाती पोल्न थाल्यो। म मरेँ भने छोरीहरू जङ्गलमै हुने भए, बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ’, उनले प्रहरीसमक्ष बयानमा भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली समाजको वर्तमान प्रतिविम्ब ‘भिक्षाम् देही’ (तस्बिरसहति)

प्रशिक्षार्थीहरूको यतिसम्मको कामलाई सफल मान्न सकिन्छ। तर नाटक भित्र अझै सुधार्न मिल्ने ठाउँहरूछन् जसलाई सुधार गरे नाटक नबिझाउने एकनासले बग्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नतिजा प्रकाशनमा त्रुटि भएकाे भन्दै माइतीघरमा विद्यार्थीकाे प्रदर्शन (तस्बिरहरू)

उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने माग गरेका छन्। ‘विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन, विद्यार्थीको भविष्य निर्धाण गर्ने जस्ता परीक्षामा राजनीति चल्दैन, शिक्षा व्यापार हाेइन’ लगायतका नारा लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशमा रहेका नेपालीकाे चाहना बमोजम निर्वाचन प्रक्रियालाई सहज आवश्यक छ: प्रधानमन्त्री

‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ। यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ’, उनले भने, बसाइँसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पलेसालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत: बाजागाजासहित नगर परिक्रमा गराइँदै

ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए। उनको सम्मानमा अहिले बाजागाजासहित नगर परिक्रमा गराइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट

दसैँ-तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘युवा विद्राेह’ले स्वाँट्टै घटायाे ओलीकाे फलाेअर्स, बचाउमा उत्रिए एमाले महासचिव पाेखरेल

युवाहरुले मंगलबार साँझदेखि अनफलाे अभियान चलाएका थिए। अभियान चलाएकाे केही घण्टामा नै अर्थात् बुधबार बिहान ८ बजेसम्म ६० हजारले प्रधानमन्त्री ओलीलाई फेसबुकमा अनफलाे गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पलेशालाई आज नगर परिक्रमा गराइने

पेरिस पारा ओलम्पिक, २०२४मा कांस्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा आज विशेष नगर परिक्रमा कार्यक्रम आयोजना गरिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो नगर परिक्रमा आयोजना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं