
एन्फाका उपाध्यक्ष दावा लामा रिहा
लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा बुधबार पक्राउ परेका लामा बिहीबार छुटेका हुन्। सर्वोच्च अदालतमा पुनरावेदन गरेर तारेखमा रहेकाले काठमाडौँ जिल्ला अदालतले उनलाई छाडेकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता - काठमाडौं
लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा बुधबार पक्राउ परेका लामा बिहीबार छुटेका हुन्। सर्वोच्च अदालतमा पुनरावेदन गरेर तारेखमा रहेकाले काठमाडौँ जिल्ला अदालतले उनलाई छाडेकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका समापति शेरबहादुर देउवा र सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार राती भेटवार्ता भएको छ। रातमा भएको भेटले सत्ता समीकरणमा तरंग ल्याइदिएको छ।
बिएल संवाददाता - काठमाडौँ
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी- २० को १२औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन्। भी- २० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो।
बिएल संवाददाता - वासिङटन
भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विधिको शासनतिर भन्दा निर्देशनको शासनतिर अगाडि बढिरहेको छ।हरेक दिन जो जहाँ छन्, दुई-चार थान निर्देशन दिएकै छन्। निर्देशन भनेको एक किसिमको हुकुम हो। यसरी हेर्दा देश फेरि हुकुमी शासनमा फर्केको छ। यस्तो देशमा सुशासन त ‘सम्झिने पानी छम्किने’ मात्र हो।
बिएल संवाददाता - अमेरिका
करेन्ट लागेमा बाँच्ने सम्भावना निकै न्यून हुनेगर्छ। घरमा बत्ती बाल्नका लागि जोडिएको २२० भोल्टको विद्युतीय झड्का (करेन्ट)लागे मात्रै पनि ज्यान जान्छ। योभन्दा उच्च भोल्टको करेन्ट लागेमा बाँच्ने सम्भावना नहुने जानकार बताउँछन्।
बिएल संवाददाता - काठमाडौं
मोरङको विराटनगरस्थित रानीमा दुई समूहबीच झडप भएकाे छ। बुधबार एक समूहले निकालेको र्यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - विराटनगर
‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो। यसप्रति गम्भीर सहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दछौँ’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घबहादुर सोडारीलाई अगाडि सार्ने निर्णय गरको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो।
बिएल संवाददाता - काठमाडौं
गणतन्त्रात्म व्यवस्थामा जबरजस्त हिन्दु राष्ट्र माग उठिरहेकाे भन्दै धार्मिक स्वतन्त्रतासहित धर्मनिरपेक्षता कायम हुनुपर्ने रिपब्लिक पार्टीका अध्यक्ष भरत गिरीले बताए। साथै उनीहरुले गृहमन्त्री रवि लामिछानेकाे राजीनामासमेत माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो। एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ।
बिएल संवाददाता - धनगढी
रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताए। उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
बिएल संवाददाता - दाङ
अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लागुऔषध कारोबार मुद्दामा फरार रहेका लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हाे।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
एसीसी प्रिमियर कपअन्तर्गत आज (बिहीबार) नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट परेका दुवै दाबी अस्वीकृत भएकाे छ। मंगलबार प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी निष्कर्षमा पुग्न नसकिएकाे भन्दै अस्वीकृत गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारवाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ।’
बिएल संवाददाता - काठमाडौं
एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नजिर मियालाई पत्र बुझाउँदै चौधरीलाई मुख्यमन्त्रीका लागि दिएकाे समर्थन फिर्ता लिएकाे जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .