शनिबार, १७ जनवरी २०२६

‘हिंसा’को सदाबहार आलोचक रहनै सकेनन् ओली!

एमाले सांसद योगेश भट्टराईले दशवर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’को संज्ञा दिँदै यहीं साता सदनलाई सम्बोधन गर्दा माओवादी सांसद माधव सापकोटाले ‘हिंसा’प्रति आपत्ति जनाउँदै त्यो शब्द हटाउन माग गरे। उनको जिकिर थियो– ‘हिंसा गैरसंसदीय शब्द हो। त्यो शब्द रेकर्डबाट काटियोस्। अर्थात्, माओवादी आन्दोलन हिंसात्मक थिएन, त्यो जनयुद्धै थियो।’ तर योगेश टसमस भएनन्। बरु, एमाले नेता रघुजी पन्त, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सचिव देवेन्द्र पौडेल पनि त्यो नोकझोंकमा थपिए। ‘हिंसा कि युद्ध’को कलहले संसदै बरालियो। एमाले–माओवादीका सांसदबीच एकछिन चर्काचर्की नै पर्‍यो। सभामुख देवराज घिमिरे र माओवादी सांसदहरूको जुहारी पनि चल्यो। सदनको उग्रंता देख्दा यस्तो लाग्थ्यो– जनप्रतिनिधिहरू उल्टोतिर बग्दैछन्। नचाहिँदो बहसमा उत्र्रिंदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘हिंसा’को सदाबहार आलोचक रहनै सकेनन् ओली!

एमाले सांसद योगेश भट्टराईले दशवर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’को संज्ञा दिँदै यहीं साता सदनलाई सम्बोधन गर्दा माओवादी सांसद माधव सापकोटाले ‘हिंसा’प्रति आपत्ति जनाउँदै त्यो शब्द हटाउन माग गरे। उनको जिकिर थियो– ‘हिंसा गैरसंसदीय शब्द हो। त्यो शब्द रेकर्डबाट काटियोस्। अर्थात्, माओवादी आन्दोलन हिंसात्मक थिएन, त्यो जनयुद्धै थियो।’ तर योगेश टसमस भएनन्। बरु, एमाले नेता रघुजी पन्त, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सचिव देवेन्द्र पौडेल पनि त्यो नोकझोंकमा थपिए। ‘हिंसा कि युद्ध’को कलहले संसदै बरालियो। एमाले–माओवादीका सांसदबीच एकछिन चर्काचर्की नै पर्‍यो। सभामुख देवराज घिमिरे र माओवादी सांसदहरूको जुहारी पनि चल्यो। सदनको उग्रंता देख्दा यस्तो लाग्थ्यो– जनप्रतिनिधिहरू उल्टोतिर बग्दैछन्। नचाहिँदो बहसमा उत्र्रिंदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीको सिंहदरबार, यत्रतत्र भ्रष्टाचार

भ्रष्टाचारसँग ६३ को सम्बन्ध भएका केपी ओलीको पाँचवर्षे हदम्याद तुहिएको छ । नागरिक समाज, मिडिया र केही सचेत सांसदको मोर्चाबन्दीले यो सम्भव भएको हो । यो जीतलाई उन्माद हैन, उपलव्धीका रूपमा लिएर होसियारी र खबरदारी गरिरहनुपर्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

माओवादी नेता देव गुरुङले भने– एमसीसी खारेज गर्न नसकेमा नेपाल दोस्रो युक्रेन बन्छ

मंगलबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्धारा  आयोजित एमसीसी, एसपीपी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रममा उनले एमसीसीको खारेज गर्न नसकेमा नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कुलमानलाई कारबाही गर्ने कि नगर्ने? संसदीय समिति नै अनिर्णित

उजुरीमाथि सांसदहरूलाई अध्ययन गर्न दिएको समयावधि हप्ता दिन बढी भइसके पनि समितिको अर्को बैठक कहिले बस्ने भन्ने अत्तोपत्तो छैन। सभापति पोखरेल छिट्टै बैठक बस्ने र विवादलाई निष्कर्षमा पुर्‍याउने बताउँछन्। यद्यपि उनले कति समयभित्र बैठक बस्छ भन्नेमा अन्योल प्रकट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: संसदीय छानबिन समितिकाे कार्यावधि १५ दिन थप

मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले छानबिन समितिको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव संसदमा निणार्थ प्रस्तुत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कतारका लागि प्रस्तावित राजदूत भन्छन्- कामदार ठगीमा परे/नपरेको यकिन गरेर नियन्त्रण गर्न पहल गर्छु

उनले भने, ‘कतारमा कार्यरत श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक वापतको विदेशी मुद्राको अपचलन भए नभएको र कामदार ठगीमा परे/नपरेको यकिन गर्ने, हुने गरेको रहेछ भने नियन्त्रण गर्न पहल गर्ने र बैंकिङ च्यानल प्रयोग गर्न प्रोत्साहित गर्ने। साथै रकम पठाउन लाग्ने दस्तुर कम गर्न पहल गर्ने।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सञ्चारमन्त्रीकाे अभिव्यक्तिप्रति कांग्रेस सांसदले भने- मन्त्रीहरूकाे जिब्रोमा ब्रेक लगाइयाेस्

‘माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ। अभिव्यक्ति आपत्तिजनक छ। मन्त्रीहरूलाई अनुराेध गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयाेस्। अन्त कहाँ कहाँ लगाउनुपर्ने हाे ब्रेक लाग्दै गर्ला तर मन्त्रीहरूले चाहिँ जिब्रोमा ब्रेक लगाएर बाेल्ने गरियाेस्। सभामुखसँग अनुराेध गर्न चाहन्छु, यसकाे जवाफ संसदमा दिइयोस्‚’ उनले भने ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजदूत नियुक्त गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको छ: परराष्ट्रमन्त्री

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिकोे बैठकमा राजदूत सिफारिसका विषयमा जवाफ दिँदै उनले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित र कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम रूपमा प्रयासरत रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जिब्रो थुत्नुपर्ने’ भन्ने सञ्चारमन्त्रीकाे अभिव्यक्तिप्रति पूर्वप्रहरी संगठकाे आपत्ति, कारबाही गर्न माग

‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङेको राजीनामा स्वीकृत

रोजेको मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ। सोमबार साँझ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा स्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

मलेसियाका प्रस्तावित राजदूतले भने- अफ्ठ्यारो ठाउँमा जाँदैछु, थाहा छैन कति टिक्न सक्छु

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने भन्दै श्रम नीतिअन्तर्गत राज्यले सहयोग गर्न सकेमा सहज हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानमन्त्रीज्यु,कार्यकर्तालाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउनू, नत्र तपाईंजस्तै अरुको इशारामा चल्नुपर्ला’

‘प्रधानमन्त्री खडक प्रसाद ओलीज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनितिमा लगाउनु होला। पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरु को इशारामा चल्ने हुनुपर्ला’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब झारपात मन्त्री होइन, सिधै मुख्यमन्त्री बन्छु: दीपक मनाङे

उनले वन मन्त्रालयमा कुनै पनि काम नहुने र त्यससँग सम्बन्धित कामहरु कर्मचारीबाटै हुने भएकोले मन्त्री भएर बजेट खर्च गर्नु उचित नहुने बताए। उनले अब कुनै मन्त्री नबन्ने, सिधै मुख्यमन्त्री बन्ने ठोकुवा गरे। ‘अब यस्ता वनमारा, झारपात स्याहार्ने मन्त्री बन्दिनँ, सधै मुख्यमन्त्री बन्छु,’ मनाङेले यति भनेपछि फोन काटे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकी सरकारमा एमाले सहभागी, नवनियुक्त ४ मन्त्रीले लिए शपथ

एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री, कृष्ण पाठक स्वास्थ्यमन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटनमन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८०-८५ जना मलामी गएका थिए तर किन चार जनाले मात्रै बाेके शव?

उनले भनेका छन्, ‘हामी राजनीति गर्नेले के भनेर राजनीति गरिरहने हो गाउँमा मलामीसम्म जाने मान्छे छैनन् अनि अर्को कुरा हाम्रो समाज कुन संस्कार मान्दैछौँ मान्छे मर्दा पनि जातभातको कुरा गर्ने अशिक्षित समाजसँग सरै लज्जित छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्ने

मन्त्रालयले संस्थानमा ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हाे। दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो

आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाँकेको नरैनापुरमा झाडापखाला, एकैदिन चारजनाको मृत्यु

उनका अनुसार गाउँका अरु १० जनाजति बिरामीको उपचार भइरहेको छ। आइतबारदेखि नै गाउँमा थप स्वास्थ्यकर्मीहरू बोलाएर गाउँलेको उपचार भइरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ