प्रधानन्यायाधीशको अनुभव- धर्म छाड्यो भने सबै ध्वस्त हुने रहेछ
उनले भने, ‘मलाई पनि लाग्छ। अहिले चाँही फर्केर हेर्दा लामो अनुभवले मलाई के भन्छ भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ। त्यसैले धर्मसँग हाम्रा सभ्यताहरू, संस्कृतिहरू, परम्पराहरू र रितिरिवाजहरू सबै जोडिएका छन्।’ त्यस्तै, उनले आधुनिकताको नाममा धेरै कुराहरू यताउता पारिएको पनि बताए। उनले भने, ‘जुन मुद्दामा तामा र तुलसी छोएर यो कुरा बोल भन्दा झुटो बोल्दैन्थ्यो। तर आज त्यो सबै मान्यता छैन्। तर त्यो सबै धर्मले नै गरेको थियो। आधुनिकताको नाममा आज हामीले धेरै कुराहरू यताउता पारेको छौं।’
बिएल संवाददाता - काठमाडौं