राजावादीको सक्रियताले माओवादी सशंकित, तराई-मधेश जागरण अभियान स्थगित
झापाबाट सुरु गरेको अभियान रौतहट पुगेर स्थगित भएको हो। रौतहटमा माओवादीले शनिबार विविध कार्यक्रमसहित अन्य पार्टीका नेताकार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो। तर, शनिबार कार्यक्रम सक्काएर माओवादी नेताहरू काठमाडौं फर्किने तयारीमा रहेको माओवादी केन्द्रका नेताहरूले जानकारी दिएका छन्। माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले पार्टीको अभियान र पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि अभियान स्थगित गरेर नेताहरू काठमाडौं फर्किन लागेको जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडौं