लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो।
बिएल संवाददाता - बुटवल