‘स्वास्थ्य बीमा’ खारेज होइन व्यवस्थित गरिन्छ, दुई चरणको काम थालिसक्यौंः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको उनले बताएका छन्। संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको बताए।
बिएल संवाददाता - काठमाडौं