शुक्रबार, २८ नोभेम्बर २०२५

सहकारी घोटालाबारे रविले भने- सार्वजनिक सुनुवाइमार्फत जनताको कठघरामा उभिँदैछु

‘सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन। कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो र त्यो काम मैले गरेको आरोप लगाएको छ र त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले पानीको मुहान बगाएको डेढ वर्षपछि बागबजारका घरकै आँगनमा धारा

पानीको राम्रो प्रबन्ध हुँदा नाग्म–गमगडी सडक भएर राराताल जाने पर्यटकलाई पनि सहज भएको छ। बागबजारका २२ घरधुरी छन्। सबैमा खानेपानीको धारा पुगेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सहकारीको ४३ करोड रकम अपचलनमा १९ जना दोषी ठहर

रु ४३ करोड रकम अपचलनमा अहिले सात जना हिरासतमा रहेका छन् भने एक जना देश बाहिर रहेकाले अदालतमा हाजिर भएका छैनन्। यो मुद्दामा ४१ जना प्रतिवादी रहेको अदालतले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

फुटबलको क्रेज घट्दो: पैसा बाँढ्दा पनि एनएसएलले पाएन दर्शकको दरिलो साथ

एनएसएल स्थापित लिग नभएका कारण, स्वदेशका परिचित र युवा खेलाडीहरु विदेश पलायन भई मैदानमा नदेखिएका, टाइट सेडुल, टोलीमा धेरै खेलाडी विदेशी भएका कारण, एन्फाको विवादका कारण खेलप्रेमीहरुको नकारात्मक धारणा र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएका कारण मैदानमा दर्शकको उपस्थिति कम भएको हुन सक्ने अनुमान उनीहरुको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेरामक्स खरिद प्रक्रियाकाे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिकाे निर्देशन

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले टेरामक्स खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हाे। साथै समितिले टेरामक्ससम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई याथस्थितिमा राख्नसमेत निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनतालाई निराश बनाउन गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन्: प्रचण्ड

‘जनतालाई निराश हुनबाट तपाईं हामी सबैले बचाउनुपर्छ’, उनले भने, ‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

अहिले प्रतिगामी शक्तिहरूले टाउकाे उठाइरहेकाे छन्: माधव नेपाल

‘याे संविधानमाथि फेरि आक्रमण भइरहेकाे सन्दर्भमा गम्भीर बन्नुपर्ने परिस्थितिमा पुगेका छाैँ। अहिले प्रतिगामीहरूले टाउको उठाइरहेका छन्। विभिन्नका देशविदेशका शक्तिहरूले याे देशमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन्’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राउपूर्जीबारे विप्लवले भने– सरकारको दोहोरो चरित्र चल्दैन 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको दोहोरो चरित्र आफूहरूलाई सैह्य नहुने बताएका छन्। बालुवाटारमा भएको समाजवादी मोर्चाको बैठक सकेर पत्रकारहरूसँग छोटो कुरा गर्दै उनले भने ‘सहमति पनि गर्ने अनि घेराबन्दीमा पार्ने खालको सरकारको दोहोरो चरित्र चल्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवादी मोर्चाको बैठक: अध्यादेश नै ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सुझाव

‘आजकाे बैठकमा संघीयता कार्यान्वयन गर्नका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ भन्ने विषयमा छलफल भयो। प्रदेशहरू अधिकारविहीन भएकाले संघीयता नै देशका लागि बोझ भएको सन्देश प्रवाह भयो। त्यसैले अध्यादेश नै ल्याएर भए पनि संघहरुलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा एप्पल वाचको सिरिज ६, सिरिज ९ र अल्ट्रा २ माथि प्रतिबन्ध

अमेरिकामा मंगलबारदेखि एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज ६, सिरिज ९ र अल्ट्रा २ माथि प्रतिवन्ध लगाइएको छ। यी उत्पादनमा बिना अनुमति मासिमोको पल्स अक्सिमिट्री जडान गरिएकाले अमेरिकी अन्तर्राष्ट्रिय ट्रेड कमिशनले यी उत्पादनको आयात तथा बिक्रीमा प्रतिवन्ध लगाएको हो । 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

उज्याला सपनामा तिरमिराइरहेका ‘प्रचण्ड आँखा’हरू

यही उज्यालो सपना बाँड्न उनले सम्बोधनको सुरुवातमै देशमा बढिरहेको नैराश्य र बैराग्यको भावलाई पनि दरिला शब्दमा हिर्काएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संघीयताका गाँठाहरू चाँडै फुकाउने प्रधानमन्त्रीको बाचा

‘म प्रदेशलाई बलियो बनाएर लैजानुपर्छ भन्‍ने पक्षमा दृढ छु। पछिल्लो समय प्रदेश मुख्यमन्त्रीहरूको असन्तोष मैले सुनेको छु र बुझेको पनि छु। म आज यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु, संघीयताका सबै गाँठा निकै छिटो फुकाइँदैछन्’, उनले भने, ‘संघीयतालाई वास्तविक रूपमा नै कार्यान्वयन गर्न म प्रतिबद्ध र दृढ छु। यसका लागि जरूरी कानुन तुरुन्त ल्याउन म तयार छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ प्रचण्ड नेतृत्व सरकारकाे एक वर्षे उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उनले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन्। आफू नेतृत्वको सरकारको एक वर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्दै उपलब्धि सार्वजनिक गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आशा जगाउने काम गर्न सकिनँ भने मैले पनि छोड्छु: प्रचण्ड 

‘हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादनमा हामी असफल भइसकेका छौँ’, उनले भने, ‘यो कुनै अर्ती र उपदेश दिएको होइन। यो मैले आफैँसँग गरेको बाचा पनि हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलित समुदायले विभेदको क्षतिपूर्ति पाउनैपर्छ: प्रधानमन्त्री प्रचण्ड 

‘युगौँदेखि जातीय छुवाछुत र आत्मसम्मानको पीडा खेपिरहेका दलित समुदायको समस्या उस्तै छ। लोकतन्त्र स्थापना भएपछि पनि अपेक्षित सुधार हुन सकेको छैन’, उनले भने, ‘इतिहासदेखि नै हुँदै आएको विभेदको परिपूर्ण र क्षतिपूर्ति दिन राज्यले कञ्जुस्याइँ गर्नुहुँदैन। सामाजिक न्यायको संविधानको प्रस्तावनाको पहिलो शर्त हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२८ दिनभित्रै काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने प्रधानमन्त्रीकाे घोषणा

‘मेलम्चीको पानी काठमाडौँवासीले उपभोग गर्ने सपना अधुरै भएको छ’, उनले भने, ‘१७ करोड लिटर पानी सुन्दरीजलमा पुर्‍याउने काम २८ दिनमा हुनेछ। खानेपानी वितरणको संचरनागत परिवर्तन गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब जुन पायो त्यही कार्यक्रममा जान्नँ, सरकारको कार्यशैली बदल्छु: प्रचण्ड

‘पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा पुगेको छु’ उनला भने ‘सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इतिहासकै ठूलो अनुसन्धान यो सरकारले गर्‍याे : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल हादाल ‘प्रचण्ड’ भिआइपी (ठुला नेता)हरूमाथि अनुसन्धान गरेपछि जनताको लोकतन्त्रप्रति भरोसा बढेका बताएका छन्। आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- क्रिकेट रंगशालाहरू अब गौरवका आयोजना हुनेछन्

उनका अनुसार अब कीर्तिपुरको क्रिकेट मैदानलाई ‘पिपिपी’ मोडलमा निर्माण गरिनेछ। त्यस्तै मूलपानी विराटनगर र कैलाली चितवनको गौतमबुद्ध रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा विकसित गरिनेछ। ती रंगशाला निर्माणमा देशका तिनै तहका सरकारहरूको लगानी रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संकटकाल लगाएरै भए पनि पूर्वाधार निर्माणका काम हुनेछन्: प्रधानमन्त्री

‘अब सरकारको कार्यशैली बदलिने छ। केही महत्वपूर्णबाहेक म अरु बाहिरका कार्यक्रममा जाने छैन। सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दू हुनेछ’, राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘पूर्वाधार विकासमा जताततै समस्या देखिएका छन्। रुख कटान, जग्गा प्राप्तिमा समस्या छन्। एउटा एउटा कामलाई बेग्लाबेग्लै डालोमा राख्नूभन्दा सबै सरोकारलाई राखेर पूर्णता दिन लाग्नेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं