‘सिन्धुघाँटी सभ्यता नै बौद्ध सभ्यता हो’
कोणागमन बुद्ध गौतम बुद्धभन्दा अलग र पहिलेका थिए। यसबाट के बुझिन्छ भने सम्राट अशोकभन्दा अघि पनि स्तूप परम्परा थियो। भरहूत स्तूपमा ककुसन्ध र कस्यप बुद्धको नाम पनि अङ्कित छ। जहाँ ‘भगवतो ककुसन्ध बोधि’ र ‘भगवतो कस्यप बोध’ लेखिएको छ। नेपालको गोटिहवामा ककुसन्ध बुद्धको स्मारक रहनु अर्काे प्रमाण हो। इतिहासकारहरू सम्राट अशोक ककुसन्ध बुद्धको स्मारकस्थलमा आएको र उनको स्मृतिमा स्तम्भ खडा गरेको बताउँछन्।
बिएल संवाददाता - काठमाडाैँ