सोमबार, १५ सेप्टेम्बर २०२५

धार्मिक कार्यक्रममा प्रसाद भोजन गर्दा ३०० जना बिरामी

घटना मङ्गलबार राति महाराष्ट्रको राजधानी मुम्बईबाट ४८६ किलोमिटर उत्तरपूर्वमा रहेको बुलढाना जिल्लाको सोमथाना गाउँमा जारी एक हप्ता लामो हिन्दू धार्मिक अनुष्ठानका क्रममा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ७ जना घाइते

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा ट्याक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनी मृत्यु‍ भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - राैतहट

सात महिनामा नेपाललाई ८ खर्ब व्यापार घाटा

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रू आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छ भने रू ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गुण्डा नाइके’ गणेश लामामाथि अपहरण गरेर २० करोड फिरौती मागेको आरोप

विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौँको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ। खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीकाे दाबी- ललिता निवासको ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब रूपैयाँ बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अलपत्र पुल...

विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ। बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल यतिबेला बेवारिसे अवस्थामा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

शाेकमग्न सितापाइला (तस्बिरहरू)

बुधबार बिहान सोलखुम्बुको दूधकुण्ड घर भई सितापाइलाकाे भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४० बुँदे माग राखेर राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल नामिवियासँग पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाले नेपाललाई २ विकेटले पराजित गरेकाे हाे। नेपालले दिएकाे १६९ रनकाे लक्ष्य नामिवियाले ३९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिँडेर काठमाडौँ आइपुगेका लघुवित्त पीडितले बालुवाटार पुगेर मागे गभर्नर अधिकारीको राजीनामा

देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौँ आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेका उनीहरुले गभर्नरको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेकाे बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल जारी

उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाका समेटिएको कार्ययोजनासहित पेस गरिएको प्रतिवेदनमाथि नौवटा समूह बनाएर छलफल भइरहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीले- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ

प्रधानमन्त्री दाहालले भने, ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ। यसमा कतिपय परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी जिम्मेवार रहेको छ, सोही बमोजिम समस्या समाधानमा पुगिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमती र छाेरीकाे हत्यापछि ससुरालाई फाेन गरेर राजुले भनेका थिए- मैले मारेँ , जे गर्नुपर्छ गर्नू

‘मार्ने मान्छे (राजु)ले फाेन गरेर ल मैले स्वास्नी-छाेरी, नातिनी मारेँ। जे गर्नुपर्छ ससुराबा गर्नु है भनेर मलाई फाेन गरेकाे थियाे अनि मैले पुलिसलाई फाेन गरेँ। म पनि घटनास्थलमा पुगेँ। उस (राजु)ले पनि माथि डाँडामा पुगेर झुण्डिएर आत्महत्या गरेछ’, ससुरा इन्द्रजितले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सितापाइला हत्या प्रकरण: श्रीमती र दुई छाेरीकाे हत्या गरेर श्रीमानले गरे आत्महत्या, जंगलमा शव फेला

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित बुधबार बिहान राजु घिमिरेले श्रीमती र दुई छाेरीकाे हत्या गरेर आफू आत्महत्या गरेकाे प्रहरीले बिएल नेपाली सेवालाई जानकारी दिए। प्रहरीका अनुसार श्रीमानले तीन जनाकाे शव घरभित्र र राजु घिमिरेकाे शव नजिकैकाे जंगलमा शव भेटिएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महासमिति बैठकः प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई ५ मिनेट समय

समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन्। आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

काठमाडौँको सितापाइलामा घरभित्र ३ जनाको शव फेला

काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित सितापाइलाकाे एक घरभित्र तीन जनाको शव फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आत्मदाहको प्रयास गरेकी मायाको मृत्यु, श्रीमान प्रहरीकाे नियन्त्रणमा

आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

ढुक्क हुनुहाेस् देश हामीले नै बनाउन सकिन्छ- माओवादी सांसद मियाँकुसारी

सरकारको देश विकास र रोजगारी दिलाउने मामिलामा पुर्याउनुपर्ने दूरदृष्टि तथा भूमिका स्पष्ट र प्रभावकारी नहुँदा पनि विदेश युवा पलायनलाई सहयोग पुर्याएको छ। युवाको विदेश पलायनबाट राष्ट्रलाई पुग्ने क्षतिबारे जाने व्यक्ति स्वयं र सत्ता चलाउने राजनीतिक पार्टीले सोच्नपर्ने विषय हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नामिवियाविरुद्ध नेपालले गुमायाे तेस्राे विकेट, अनिल र देव शून्य रनमा आउट

आइसिसी लिग- २ अन्तर्गत नामिवियाविरुद्धकाे खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८ ओभरकाे खेल सकिँदा नेपालले तीन विकेट गुमाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं