बुधबार, १० सेप्टेम्बर २०२५

नोभेम्बरमा १,४१९ नेपालीले काटे अमेरिकी पर्यटक भिसाको खड्गो ?

नेपालीका लागि अमेरिकी भिसा पाउँनु फलामको च्युरा चपाएजस्तै हो । हरेक महिना थोरै संख्यामा मात्र नेपालीले अमेरिकी भिसा पाउँछन् । नोभेम्बर महिनामा काठमाडौस्थित अमेरिकी दूताबासबाट पर्यटक भिसा पाउँने नेपालीको संख्या एकहजार चारसय १९ मात्र रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

सरकारका वर्षदिन: राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री

सरकार सम्हालेकाे एक वर्ष पुगेकाे अवसरमा प्रधानमन्त्री प्रचण्डले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बाेधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द आचार्यले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन्। बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

मनकारी लाहुरे, जसले १ करोड ३९ लाख निजी खर्चमा विद्यालय निर्माण गरिदिए

पौवादुङ्मा गाउँपालिका– २ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु. एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिएका हुन्। विद्यालयको नयाँ छ कोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टक्सार (भोजपुर)

परम्परा रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री

२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै उनले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्‍याएको योगदान महत्त्वपूर्ण एवं प्रशंसनीय रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्यनारायणबहादुर स्मृति मिडिया कपमा चितवन च्याम्पियन

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे)ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा सोमबार नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हलिउड अभिनेता माइकको ९९ वर्षको उमेरमा निधन

हलिउड का प्रख्यात अभिनेता माइक नुसबौम को ९९ बर्षको उमेरमा गत शनिबार (२३ डिसेम्बर) को दिन प्राकृतिक रुपले निधन भएको उनका पुत्र करेन नुसबौम ले पत्रकार हरुलाई जानकारी दिएका छन्/ २९ डिसेम्बर १९२३ को दिन शिकागो, इलिनोय मा जन्मेका अभिनेता नुसबौमको सय बर्ष पुग्न केवल ६ दिन अघि मात्र निधन भएको हो/ ४० सिनेमा हरुमा मुख्य चरित्र हरुमा अभिनय गरेका नुसबौम द्वारा अभिनित केहि चर्चित सिनेमा हरुमा म्यान इन ब्लयाक (१९९७), फिल्ड अफ ड्रिम्स (१९९८), हाउस अफ गेम्स (१९८७) आदि हुन्/ द्वीतिय बिश्व युद्ध को समय अमेरिकी सेना मा रहेर विभिन्न् युद्ध क्षेत्र हरुमा कार्यरत रहेका नुसबौम को निधन ले आफुलाई दुख लागेको अमेरिकी राष्ट्रपति जो बाइडेन लाइ उदृत गर्दै उनको सचिबालय ले एक बिज्ञप्ति जारि गरेको छ/

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि आर्मीले जित्यो

कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ। चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्दैछौँ : मन्त्री बस्नेत

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यका कारण धेरै मानिस मानसिक रोगी भएको आफूले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाञ्चोक

दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्दै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ। यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु १३ करोड बजेट विनियोजन गरेको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वीरमा क्यान्सरको अत्याधुनिक उपचार

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका (सेल) मार्नका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ बाट सेवा सुरु गरिएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मध्य-मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो

लमजुङको बेँसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य-मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ।  मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शीर्ष नेताबीचको छलफल जारी

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताबीचको बैठक जारी छ। बैठकमा शीर्ष नेताहरूसँगै सरकारका वरिष्ठ मन्त्री र तीन ठूला पार्टीका दोस्रो तहका नेताको पनि सहभागिता रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पर्वतमा लाटो कोसेरो उत्सव हुने

आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो। प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटो कोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिनेभएको छ।स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटो कोसोरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

विकासले गति लिँदैछ दुर्गम गाउँमा 

चालु आर्थिक वर्षमा यस वडामा रू सात करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा रहेको छ। पच्चिस वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

एउटै वडामा तीन करोडको सुन्तला उत्पादन

तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ। देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

पिपुल्स क्याम्पसको ४२ औँ वार्षिक उत्सव सम्पन्न

क्याम्पसले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा, रास्वापाका सांसद गणेश पराजुली,क्याम्पसका सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र विद्यार्थीको उपस्थितिमा पकनाजोलस्थित क्याम्पस भवनमा वार्षिकोत्सव मनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ