बिएल संवाददाता
अमेरिका घुम्न आउने चाहना को नेपालीसँग हुदैन र ? तर, चाहना राख्ने सबै नेपाली अमेरिका आउँन सक्दैनन् । खर्च पनि एउटा कुरा हो तर खर्च जोहो गर्ने हैसियत भएका नेपाली पनि अमेरिका आउँन सक्दैनन् ।
उनीहरूको चाहनासामु अमेरिका प्रवेश गर्न चाहिने भिसा फलामे ढोका बनेर उभिदिन्छ । जो कसैलाई अमेरिकाले सजिलै भिसा दिदैन । अमेरिकी दूतावासका भिसा अधिकारीहरू अमेरिका पुगेर फर्कने विश्वासिलो आधार नपाउन्जेल मरिकाट्य भिसा जारी गर्दैनन् ।
नेपालमा हजारौ हैन लाखौंको संख्यामा अमेरिकी भिसाका लागि आवेदन दिइन्छ। त्यसमध्ये वर्षमा केही हजारले मात्र भिसा पाउँछन् ।
यो वर्षको नोभेम्बर महिनामा काठमाडौस्थित अमेरिकी दूताबासबाट एकहजार चारसय १९ नेपालीले मात्र भिजिटर भिसा (बी १/बी २) पाएका छन्। यो संख्या अक्टोबर महिनाको भन्दा पनि कम हो । अक्टोबर महिनामा भने एकहजार ६सय ७५ नेपालीले भिजिटर भिसा पाएका थिए ।
काठमाडौंमा वर्षौ लामो भिसाको लाइन भएकाले केही नेपाली अन्य देशमा गएर पनि अमेरिकी भिसाका लागि आवेदन दिन्छन्। यसरी आवेदन दिनेमा विभिन्न देशमा रहे पनि नेपाली राहदानी नै बोकेका नेपाली पनि हुन्छन् । यसरी भिसा आवेदन दिने नेपालीले पनि केही संख्याको अमेरिकाको भिजिटर भिसा पाउँछन् ।
अमेरिकी सरकारको तथ्यांकअनुसार नोभेम्बर महिनामा काठमाडौस्थित अमेरिकी दूताबासभन्दा बाहेक अन्य देशका अमेरिकी दूतावास वा नियोगबाट भिजिटर भिसा पाउँनेको संख्या ३६० रहेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया