बिएल संवाददाता
अमेरिका घुम्न आउने चाहना को नेपालीसँग हुदैन र ? तर, चाहना राख्ने सबै नेपाली अमेरिका आउँन सक्दैनन् । खर्च पनि एउटा कुरा हो तर खर्च जोहो गर्ने हैसियत भएका नेपाली पनि अमेरिका आउँन सक्दैनन् ।
उनीहरूको चाहनासामु अमेरिका प्रवेश गर्न चाहिने भिसा फलामे ढोका बनेर उभिदिन्छ । जो कसैलाई अमेरिकाले सजिलै भिसा दिदैन । अमेरिकी दूतावासका भिसा अधिकारीहरू अमेरिका पुगेर फर्कने विश्वासिलो आधार नपाउन्जेल मरिकाट्य भिसा जारी गर्दैनन् ।
नेपालमा हजारौ हैन लाखौंको संख्यामा अमेरिकी भिसाका लागि आवेदन दिइन्छ। त्यसमध्ये वर्षमा केही हजारले मात्र भिसा पाउँछन् ।
यो वर्षको नोभेम्बर महिनामा काठमाडौस्थित अमेरिकी दूताबासबाट एकहजार चारसय १९ नेपालीले मात्र भिजिटर भिसा (बी १/बी २) पाएका छन्। यो संख्या अक्टोबर महिनाको भन्दा पनि कम हो । अक्टोबर महिनामा भने एकहजार ६सय ७५ नेपालीले भिजिटर भिसा पाएका थिए ।
काठमाडौंमा वर्षौ लामो भिसाको लाइन भएकाले केही नेपाली अन्य देशमा गएर पनि अमेरिकी भिसाका लागि आवेदन दिन्छन्। यसरी आवेदन दिनेमा विभिन्न देशमा रहे पनि नेपाली राहदानी नै बोकेका नेपाली पनि हुन्छन् । यसरी भिसा आवेदन दिने नेपालीले पनि केही संख्याको अमेरिकाको भिजिटर भिसा पाउँछन् ।
अमेरिकी सरकारको तथ्यांकअनुसार नोभेम्बर महिनामा काठमाडौस्थित अमेरिकी दूताबासभन्दा बाहेक अन्य देशका अमेरिकी दूतावास वा नियोगबाट भिजिटर भिसा पाउँनेको संख्या ३६० रहेको छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया